परिक्षण हुँदै नयाँ मारुती सुजुकी अल्टो, ९ वर्षपछि नयाँ जेनेरेशन मोडल आउँदै

काठमाडौं । मारुती सुजुकीको सर्वाधिक सफल कार अल्टोको नयाँ जेनेरेशन मोडल परिक्षणको क्रममा देखिएको छ । कम्पनीले सन् २००० बाट उत्पादन सुरु गरेको अल्टोको नयाँ जेनेरेशन २०१२ मा आएको थियो । त्यसपछि नयाँ जेनेरेशन मोडल नल्याएको कम्पनीले २०२१ को सुरुवातमा नयाँ अल्टो ल्याउने तयारी गरिरहेको छ ।

अल्टो नेपालमा बिक्री हुने सबैभन्दा सस्तो कार पनि हो । नेपालमा विशेषत ट्याक्सीको रुपमा प्रयोग हुँदै आएको अल्टो नयाँ जेनेरेसन पछि कसरी अगाडी बढ्छ त्यो भने हेर्न लायक हुने छ । पहिलो पटक परिक्षणमा देखिएको तस्विर अनुसार नयाँ अल्टो पहिलेको भन्दा केही लामो हुने छ ।

पूर्णत छोपेर परिक्षण भइरहेकोले गाडीको अन्य फिचरको विषयमा खासै जानकारी बाहिर आउन सकेको छैन । यद्यपी टर्न इन्डिकेटर, डोर ह्याण्डल, रियर भ्यू मिरर, रुफ माउन्टेड स्पोइलर, नयाँ हेडल्याम्प, नयाँ सेपको टेल ल्याम्प र बम्पर प्रयोग भएको अनुमान गर्न सकिन्छ ।

परिक्षणमा देखिएको कारमा स्टील ह्वील देखिएको छ भने यसमा अन्य थुप्रै फिचरहरु नयाँ हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top