अपग्रेड भयो सुजुकी जिक्सर, थपियो कलर अप्सन

काठमाडौं । सुजुकी इन्डियाले २०२३ मोडल जिक्सर रेन्ज सार्वजनिक गरेको छ । कम्पनीले जिक्सर १५५ र जिक्सर २५० रेन्जलाई सामान्य अपडेट गरेको हो ।

कम्पनीले नयाँ कलरमा जिक्सर रेन्ज सार्वजनिक छ । कम्पनीले जिक्सर २५० एसएफलाई मेटालीक मेट स्टेलर, मेटालीक मेट ब्ल्याक, मेटालीक सोनीक सिल्भर वीथ ट्रीटोन ब्लु सेडम कलरमा ल्याएको छ । साथै, २५० नेकेड स्ट्रीटफाइटरलाई मेटालीक स्टेलर ब्लु र मेटालीक मेट ब्ल्याक कलरमा ल्याएको हो ।

त्यस्तै, जिक्सर १५५ लाई तीन नयाँ कलरमा ल्याएको छ । मेटालीक सोनीक सिल्भर वीथ पर्ल ब्लेज अरेन्ज, मेटालीक ट्रीटोन ब्लु र ग्लास स्पार्कल ब्ल्याक कलर अप्सन ल्याएको छ ।

कम्पनीले कलरका अलावा जिक्सर रेन्जमा सुजुकी राइड कनेक्ट फिचर थप गरेको छ । यसमा टर्न वाई टर्न नेभिगेशन, एसएमएस अलर्ट, मिस्ड कल नोटिफिकेसन, हाई स्पीड अलर्ट जस्ता अन्य फिचर उपलब्ध छ ।

जिक्सर रेन्जमा कम्पनीले पुरानै इन्जिनलाई निरन्तरता दिएको छ । २५० सिरिजमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ भने, यसले २६.१४ पीएस पावर तथा २२.२ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, १५५ सिरिजमा १५५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यसले १३.४१ बीएच पावर तथा १३.८ एनएम टर्क जेनेरेट गर्छ ।

सुजुकी जिक्सर २५० एसएफको सुरुवाती मूल्य २ लाख २ हजार भारतीय रुपैयाँ रहेको छ भने, नेकेड भर्सको मूल्य १ लाख ९५ हजार (एक्स शोरुम) रहेको छ ।

जिक्सर १५५ को सुरुवाती मूल्य १ लाख ४० हजार भारतीय रुपैयाँ (एक्ससोरुम) रहेको छ । यी सबै मोडल नेपालमा पनि विक्री हुँदै आएका छन् ।


Back_to_top