फिचर थपियो ‘एन २५०’ मा, तीन मोडमा एबीएस प्रयोग गर्न सकिने

काठमाडौं । बजाज अटोले केही दिन अघि नयाँ अपडेटेड २०२४ मोडल पल्सर एन २५० मोटरसाइकल सार्बजनिक गरेको थियो । कम्पनीले नयाँ एन २५० मोटरसाइकलमा पुरानोको तुलनामा केही परिमार्जन गरेर भारतीय बजारमा सार्बजनिक गरेको हो ।

नयाँ मोडलमा बजाजले विभिन्न सुविधा र सुरक्षा मुलक फिचरहरु थप गरेर बजारमा ल्याएको छ । नयाँ मोडल बजारमा सार्बजनिक भएसँगै धेरै मानिसलाई पहिलेभन्दा धेरै के के परिवर्तन भएछ भन्ने जान्न इच्छा हुन्छ ।

त्यसैले आज हामीले नयाँ र पहिलेको मोडल बीच रहेका फरकलाई यहाँ केलाउने प्रयास गरेका छौं ।

डिजाइन

नयाँ एन २५० को डिजाइन २०२३ मोडलसँगै मिल्दोजुल्दो छ । तर, यी दुबैलाइ तुलना गर्दा देखिने फरक भनेको इन्भर्टेड फर्क हो । जुन २०२४ मोडलमा पाउन सकिन्छ ।

पुरानो मोडलमा टेलिस्कोपीक फर्क उपलब्ध थियो । यसलाई ब्ल्याक आउट कलरमा फिनिसिङ्ग गरिएको थियो । नयाँ एन २५० मा इन्भर्टेड फर्कमा पर्ल मेटालिक ह्वाइट र ग्लोसी रेसिङ्ग रेड कलर दिइएको छ ।

पुरानो भन्दा नयाँ एन २५० कलर र ग्राफिक्समा बढी आकर्षक लाग्छ । स्टाइलिस ग्राफिक्सका साथ नयाँ कलर अप्सनमा यो मोटरसाइकल बजारमा आएको हो ।

इन्जिन

बजाजले एन २५० मोटरसाइकलको इन्जिन र पावर कुनै परिमार्जन गरेको छैन । पहिलेकै २४९.७ सीसीको सिंगल सिलिन्डर, एयर र आयल कुल्ड इन्जिनलाई निरन्तरता दिइएको छ ।

उक्त इन्जिनले अधिकतम २४.५ ब्रेकहर्स पावर तथा २१.५ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ५ स्पीडको गियरबक्सका साथ स्लीप असिस्ट क्लच दिइएको छ ।

पुरानो मोडलको इन्जिन ब्ल्याक आउट फिनिसमा थियो भने अब नयाँ मोडलको इन्जिन ग्रे फिनिसिङ्ग पाउन सकिन्छ ।

टायरमा परिवर्तन

२०२४ एन २५० मोडलमा एमआरएफ जेप्पर एस वानको टायर दिइएको छ । यसमा अगाडि ११० र पछाडि १४० एमएमको टायर छ जुन, पहिलेको तुलनामा ह्याण्डलीङको लागि उत्कृष्ट मानिन्छ ।

दुबैको रियर सस्पेन्सनमा प्रिलोड एड्जस्टेवल नाइट्रोक्स मोनोसक छ । यसबाहेक नयाँ मोडलमा ह्वीलवेस ९ एमएम घटाएर १३४२ एमएम बनाएको छ । सीट हाइट ५ एमएम बढाएर ८०० एमएम र तौल २ किलोग्राम बढेर आएको छ ।

फिचरहरु

रेगुलर एन २५० मा एनालग टेकोमिटरका साथ सेमी डिजिटल कन्सोल थियो । अब नयाँ एन २५० मा भने बजाज पल्सर एनएस २०० मा प्रयोग भएको पुरा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ ।

नयाँ मोडलमा स्मार्ट सुबिधाको रुपमा कनेक्टिभिटी सिस्टम पाइन्छ । यसलाई बजाज राइड एप मार्फत सजिलै कनेक्ट गर्न सकिने छ । यसले मोटरसाइकलमा कल, एसएमएस अलर्टका साथै पालैपालो नेभिगेसन पनि देखाउने छ । यसलाई राइडरहरुले बाँया साइड स्वीच गियरमा रहेको नयाँ बटन प्रयोग गरेर कन्सोलमा नेभिगेट गर्न सक्छन् ।

मोटरसाइकलमा स्वीचेवल ट्रयाक्सन कन्ट्रोल सिस्टम, डुवल डिस्कब्रेक, रेन रोड र अफरोड गरी तीन एबीएस मोड दिइएको छ । पुरानो मोडलमा ड्वल डिस्क ब्रेक र ड्यूल च्यानल एबीएस मात्रै दिइएको थियो । दुबै मोटरसाइकलको डिस्प्लेमा स्पीड, ओडोमिटर, फ्युल स्तर, माइलेज, डिस्ट्यान्स टू इम्पीटी रिडआउट जस्ता डिटेल्स देख्न सकिन्छ ।


Back_to_top