एसआरएम भ्यान टेष्ट ड्राइभः चलाउन सहज, छिटो चार्ज र राम्रो रेन्ज

काठमाडौं । सार्वजनिक यातायातको रुपमा प्रयोग हुँदै आएका विद्युतीय माइक्रो भ्यान अहिले सबैभन्दा चल्तीमा छन् । विशेषगरी उपत्यका बाहिर ६० देखि २०० किलोमिटर आसपासको रुटमा धेरै जसो यस्ता माइक्रो भ्यान चल्ने गरेका छन् ।

आजभोलि उपत्यकाका विभिन्न रुटमा पनि विद्युतीय माइक्रो भ्यान संचालनमा रहेका छन् । न्यून संचालन लागत र चलाउन पनि सजिलो भएको कारण यस्ता भ्यानहरुको प्रयोग बढ्दै गएको बुझ्न कठिन छैन ।

पुजा कन्ट्रक्सनले बिक्री गर्दै आएको एसआरएमका विद्युतीय माइक्रो भ्यान नेपाली सडक सुहाउँदै बनाएर ल्याएसँगै हामीले यसको टेष्ट ड्राइभ गरेका थियौं । रुटमा चल्ने बस भएको कारण उक्त भ्यानलाई हामीले दुई दिन चलायौं । पहिलो दिन काठमाडौं–टोखा–छहरे–गल्छीहुँदै चितवनसम्म चलायौं । दोस्रो दिन चितवनबाट हेटौंडा हुँदै चित्लाङ निस्केर काठमाडौं आएका थियौं ।

निकै आरामदायी रुपमा चलाउन सकिने र चाहिएको समयमा पावर पनि उत्कृष्ट प्रदान गर्ने भएको कारण अटोमेटीक एमपीभी चलाएको अनुभूती दिलाउँछ । यसमा दिइएको ५० किलोवाट क्षमताको मोटर छ । यसको पीकटर्क २२० एनएम टर्क प्रदान गर्छ ।

माइक्रो भ्यानमा दिइएको १८० एमएमको ग्राउन्ड क्लियरेन्स र १०० किलोमिटर प्रतिघन्टाको टप स्पीडलाई हामीले चितवनबाट हेटौंडा हुँदै काठमाडौंसम्मको बाटोमा परिक्षण गरेका थियौं । मार्खुहुँदै चित्लाङसम्मको बिस्तारको क्रममा रहेको बाटोमा पनि हामीले उत्कृष्ट पर्फमेन्स पाउन सक्यौं ।

यो माइक्रो भ्यानमा सिएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । तर, हामीले यसलाई टेष्ट ड्राइभ गर्दा २५० किलोमिटर हाराहारी रेन्ज पाएका थियौं ।

एसआरएम एक्स३०एल नामबाट आउने माइक्रो भ्यानको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम रहेको छ । १४ इन्चको ह्वील साइज रहेको भ्यानमा ११ जना यात्रुले आरामदायी रुपमा यात्रा गर्न सक्ने छन् । यसलाई फास्ट चार्ज गर्न जिवी/टी चार्जिङ पोर्ट दिइएको छ ।

ड्राइभिङ अनुभव

चलाउन सहज भएको कारण चालकले थकान महशुस गर्दैनन् । हाइवेमा चार्जरहरुको सुविधा प्रयाप्त बन्दै गएकोले चार्जिङ ठूलो समस्या रहेन । सार्वजनिक यातायात धेरै चलाउनु पर्ने र निरन्तर गुडिरहने भएको कारण चालकलाई सहज हुँदा राम्रै अनुभूती गर्न पाइन्छ ।

डिजिटल आईआरभीएम भएको कारण चालकले पछाडिबाट आएका गाडी मोटरसाइकल वा अन्य बस्तुको अवस्थालाई सजिलै क्यामेराको माध्यमबाट नियाल्न सकिन्छ ।

तुलनात्मक रुपमा छिटो चार्ज हुने, राम्रो रिजेनेरेटीभ ब्रकिङ सिस्टम र २५० किलोमिटर हाराहारी रेन्ज भएको कारण चालकको धेरै आवश्यकता यसले पुरा गर्न सक्छ । यसका अलावा पछाडिका सिटहरु पनि यसमा सहज लाग्ने खालका छन् ।

रियरह्वील ड्राइभ सिस्टममा उपलब्ध भएको कारण अफरोड बाटाहरुमा पनि यसले राम्रो पर्फमेन्स गर्न सक्ने हाम्रो टेष्ट ड्राइभले देखाएको छ ।


Back_to_top