काठमाडौं । भारतीय सडकमा परीक्षण भएका तस्बिरहरु अनलाइन देखिएको करिब एक महिनापछि एमजीले आफ्नो नयाँ इलेक्ट्रीक कार क्लाउडको टिजर सार्वजनिक गरेको छ ।
अहिले देखाइएको गाडीमा ड्यासबोर्ड कभर गरिए पनि क्लाउडको नयाँ टिजरमा अगाडिको लाइट र ठूलो साइजको शनरुफको तस्बिर बाहिर आएको हो ।
इन्डोनेशियामा विलिङले क्लाउड नामबाट उत्पादन र बिक्री गर्दै आएको मोडल एमजीको ब्राण्ड नेममा आउन लागेको हो । यसमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो फ्लोटिंग इन्फोटेन्टमेन्ट सिस्टम रहनेछ ।
फुल्ली लोडेड ड्यासबोर्ड भएको नयाँ कारको नाम एमजीले बाहिर ल्याएको छैन । यसमा दुई–स्पोक स्टेयरिङ, मिनिमलिस्ट ड्यासबोर्ड पाउन सकिन्छ ।
एमजी मोटर्स इन्डियाको टिजरले क्रसओभर कारमा शनरुफ प्रयोग भएको प्रस्टै देखिन्छ । साथै, बाहिरी डिजाइनमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । ग्रिलको माथिल्लो भागमा डे टाइम रनिङ लाइट सहितको हेडलाइट छ ।
भारतमा आउन लागेको एमजीको नयाँ कारमा के कस्ता फिचर रहन्छन् भन्ने एकिन भएको छैन । तर, यसमा ५ जानले आरमदायी यात्रा गर्न सक्ने छन् । ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर, फ्रन्ट सेन्सर, एडास फिचर जस्ता महत्वपूर्ण कुराहरु समावेस हुनेछन् ।
एमजीले एमपीभी र ह्याचव्याकको क्रसओभर मोडलको रुपमा ल्याउन लागेको नयाँ कारमा यदि इन्डोनेशिया स्पेककै जस्तो ब्याट्री साइजमा आउने हो भने दुई ब्याट्री अप्सन पाउन सकिन्छ । जसमा सर्ट रेन्जमा ३७.९ किलोवाट आवर र लङ रेन्जमा ५०.६ किलोवाट आवरको ब्याट्री रहने छ । यसमा मोटर भने १०० किलोवाटको प्रयोग हुनेछ ।

