ठूला एसयूभीकै फिचरमा किया ईभी-थ्री, मूल्य भने कम

काठमाडौं । सामान्यतया ठूलो गाडी बनाउने प्लेटफर्ममा कम बजेटका कारहरु बनाउँदा ठूलो कारमा प्रयोग भएका फिचरहरु बजेट कारमा हराउँछन् । त्यसमा पनि इलेक्ट्रीक भेहिकलमा ब्याट्री साइज, रेन्ज, फिचर वा टेक्नोलोजीमा सम्झौता हुने गरेको देखिन्छ ।

तर, यो कुरा कियाको सबैभन्दा अफोडेबल एसयूभी ईभी-थ्रीमा भने लागु भएको देखिदैन । कियाले हालै मात्र कोरियामा ‘ईभी-थ्री टेक डे’ आयोजना गरेको थियो । उक्त समारोहमा कियाले ईभी-थ्री बारे धेरै चर्चा भयो ।

कम्पनीले किया ईभी-थ्रीलाई सानो साइजको डब्बा मात्र बनाएको छैन भन्ने कुरामा धेरै चर्चा भयो । कियाकै ईभी-सिक्स, ईभी-९ वा हुन्डाई आयोनीक-फाइभभन्दा कुनै पनि कुरामा ईभी-थ्री कम नभएको कम्पनीको दावी थियो ।

कोरियन ईभीमा विभिन्न लेभलको रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, वान पेडल ड्राइभिङ (आई पेडल) समेत दिइएको छ । कियाले यसमा लेटेष्ट आई पेडलको ३.० मोडल प्रयोग गरेको हो । यसमा रिभर्समा समेत रिजेनेरेटीभ सिस्टम पाउन सकिन्छ ।

यसमा प्रयोग भएको एड्भान्स रिजेनेरेटीभ ब्रेकिङ सिस्टम अब सेमी अटानोमस ड्राइभिङ्गसँगै काम गर्नेछ । यसअघि कारले क्यामरा इन्फर्मेसनको स्पीडबाट यसलाई डिफाइन गथ्र्यो भने अब सबै एप्रोचको प्रयोगरी म्याक्सीमम इफिसीयन्सी दिनेछ ।

साथै, अब ईभी-थ्रीमा मेमोरी फङ्सन समेत थपिएको छ, जसले तपाई गाडी रिस्टार्ट गर्दा समेत पहिलाको सेटिङ विगार्दैन । कियाको ईभी-सिक्समा ७७.४ किलोवाट अवारको ब्याट्रीप्याक छ । तर, ईभी-थ्रीमा नेक्स्ट जेनेरेशन ८१.४ किलोवाट आवरको व्याट्रीप्याक दिइएको छ ।

यसको वेस भेरियन्टमा समेत ५८.३ किलोवाट अवारको ब्याट्रीप्याक छ । जुन हुन्डाई आयोनीक-फाइभबाट लिइएको हो ।

किया ईभी-थ्रीमा अघिल्ला ठूला ईभीको तुलनामा आर्किटेक्चरमा भने कम्प्रमाइज गरेको छ । यसमा ८०० भोल्ट आर्किटेक्चरको सट्टामा ४०० भोल्ट ईभी आर्किटेक्चर प्रयोग भएको छ । यसले चार्जिङ स्पीडलाई भने घटाउने छ ।

किया ईभी-थ्रीले १२८ किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ । जसको सहयोगमा जम्मा ३१ मिनेटमै १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । यसमा भेहिकल टुु लोड फङ्सन भने पाउन सकिन्छ ।

यसको इन्टेरियरमा हिटीङ, भेन्टीलेसन तथा एयरकण्डिसनको सिस्टम अरु मोडलमा भन्दा ३३ प्रतिशत सानो छ । जसले उत्पादन लागतलाई घटाएको छ । यसमा अन्यको दाँजोमा ४४ प्रतिशत कम कम्पोनेन्टको प्रयोग भएको छ । कियामा पहिलानै प्रयोग भएको हिटपम्प यसमा पनि निरन्तरता दिइएको छ ।

फिचरमा सम्झौता नभएको किया ईभी-थ्रीको मूल्य भने ईभी-सिक्स र ईभी-नाइनको तुलनामा ४० प्रतिशत कम हुनेछ ।


Back_to_top