पेट्रोल कार किन्नेलाई कर्जाको सिमा बढाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । केन्द्रिय बैंकल ल्याउने मौद्रिक नीतिले पेट्रोलियम पदार्थबाट चल्ने कारमा रहेको ‘भ्यालू टु लोन रेसियो’ परिमार्जन गर्ने भएको हो ।

पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्रीमा निरन्तर उच्च गिरावट आएको भन्दै नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले पनि मूल्यको ५० प्रतिशत मात्रै कर्जा दिने ब्यवस्था परिमार्जन गर्न भन्दै आएको थियो । नाडाले मूल्यको ७५ प्रतिशतसम्म फाइनान्स सुविधा माग गर्दै आएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ब्यवसायीको माग सम्बोधन गर्ने भएको हो । सम्भवत ब्यवसायीले मागे जस्तै हुनसक्छ, नभए ७० प्रतिशतसम्म कर्जा सुविधा दिने कुरा भएको राष्ट्र बैंक स्रोतले भन्यो । अहिले ५० प्रतिशत मात्रै कर्जा सुविधा दिदा मानिसले पेट्रोलियम पदार्थबाट चल्ने साधन खरिद गर्न छाडेको ब्यवसायीहरु बताउँदै आएका छन् ।


Back_to_top