सिद्धार्थ बैंकबाट ऋण लिएर ओमोडा एण्ड जेकोका गाडी किन्नेले विशेष छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंकबाट फाइनानस सुविधा लिई ओमाडा, जेको र आइका ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्नेले विशेष छुट पाउने भएका छन् ।

नेपालका लागि ओमोडा एण्ड जेको तथा अइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक बीच नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा ग्राहकलाई विशेष लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी भएको हो ।

यस साझेदारी अनुसार सिद्धार्थ बैंकमार्फत ओमोडा एण्ड जेकोको सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले सवारीसाधन खरिदमा विशेष छुट प्राप्त गर्नेछन् । साथै, सिद्धार्थ बैंकले ओमोडा एण्ड जेकोका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नेछ ।

यो योजना नेपालभरका ओमोडा एण्ड जेकोका आधिकारिक डिलरशिप र सिद्धार्थ बैंकका शाखामार्फत एनपीएल सिजन ३ अवधिभर लागू हुनेछ ।

यो साझेदारीले नेपाल प्रिमियर लिगमार्फत नेपाली क्रिकेटको विकास र प्रवद्र्धनमा सक्रिय रूपमा योगदान गर्दै आएका दुई प्रमुख ब्राण्डलाई एकै ठाउँमा ल्याएको छ। सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर तथा ओमोडा एण्ड जेको एनपीएलको को-स्पोन्सरका रूपमा सिजन ३ मा पनि आबद्ध छन्।

दुवै ब्राण्ड एनपीएलको पहिलो सिजनदेखि नै यस प्रतियोगितासँग जोडिँदै क्रिकेटको विकास र प्रवद्र्धनमा निरन्तर सहयोग गर्दै आएका छन्। यसले नेपाली क्रिकेट तथा क्रिकेटप्रतिको नेपाली जनताको उत्साह र लगावप्रति दुवै ब्राण्डको निरन्तर प्रतिबद्धता दर्शाउँछ ।

यस साझेदारीले ओमोडा एण्ड जेकोका सवारीसाधन खरिद तथा स्वामित्व अनुभवलाई थप लाभदायी बनाउने अपेक्षा गरिएको छ । सवारीसाधन खरिद, फाइनान्सिङ तथा सर्भिस चार्जमा विशेष लाभ उपलब्ध हुने भएकाले ग्राहकले एनपीएलसिजन ३ को अवधिभर यस योजनाबाट लाभ लिन सक्नेछन्।


Back_to_top