काठमाडौं । हिरो मोटोकर्पले एक्ट्रीम १६० आरको नयाँ अपडेटेड भर्सन भारतमा सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले १६० सीसी सेग्मेन्टमा बिक्री गर्दै आएको स्पोर्टी मोटरसाइकल एक्स्ट्रीम १६० आरको २०२४ मोडल थुप्रै फिचर थप भएर आउन लागेको हो ।
कम्पनीले विभिन्न फिचर तथा ग्राफिक अपेडटका साथ एक्स्ट्रीम १६० आर ल्याउने जानकारी सामाजिक संजालबाट दिदै आएको छ । सन् २०२३ जुनमा कम्पनीले पहिलो अपडेट गर्दा यूएसडी फर्कसहितको एक्स्ट्रीम १६० आर सार्वजनिक गरेको थियो । उक्त समयमा कम्पनीले इन्जिनमा समेत अपग्रेड गर्दै ४ भल्भ इन्जिन प्रयोग गरेको थियो ।
अहिले हुन लागेको २०२४ अपग्रेडमा डबल च्यानल एबीएस सहितका अन्य फिचर थपिने अनुमान गरिएको छ । निकै स्पोर्टी मोटरसाइकल एक्स्ट्रीम १६० आरले होन्डा तथा टीभीएसका उत्पादनलाई कडा टक्कर दिदै आएको छ ।
हिरोले यसमा डबल च्यानल एबीएस र ग्राफिकका अलावा प्यानिक ब्रेक अर्लट, रिभर्स डिजिटल कन्सोल तथा सेग्मेट फ्रष्ट ड्रयाग रेस टाइमर जस्ता फिचर थप गरेर ल्याएको हो । यसमा अलावा यो मोटरसाइकलमा अन्य कुनै ठूलो परिर्वतन हुनेछैन ।
एक्स्ट्रीम १६० आरमा १६३ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १६.६ बीएच पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स उपलब्ध छ ।

