सीएचटीसी भ्यानको बुकिङ खुला, मूल्य अन्य ब्राण्डको तुलनामा सस्तो

काठमाडौं । भर्खरै विद्युतीय सवारीसाधनको ब्यापारमा प्रबेश गरेको मेगा मोटर्स ग्रुपले सीएचटीसीका विद्युतीय माइक्रो बसको बुकिङ खुल्ला गरेको छ । कम्पनीले ११ र १४ सिट क्षमताका भ्यानको बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले ल्याउन लागेको ११ सिट क्षमताको इलेक्ट्रीक भ्यानको मूल्य ४१ लाख ९० हजार रुपैयाँ तोकेको छ । अहिले यो सेग्मेन्टका माइक्रो भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ छ ।

१४ सिट क्षमता भएका भ्यानको मूल्य ४७ लाख ९० हजार रुपैयाँ कायम गरेर कम्पनीले बुकिङ खुल्ला गरेको हो । यी दुई मोडलमा सिटसँगै ब्याट्री साइज र मोटर पावरमा पनि फरक पाउन सकिन्छ ।

सीएचटीसीले ११ सिट क्षमताका बसमा ४१.८६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । साथै, यसको पीकपावर ६० किलोवाट रहेको छ । त्यसैगरी, १४ सिट क्षमताको भ्यानमा ९० किलोवाट पीकपावर भएको मोटर र ५३.७६ किलोवाट आवरको ब्याट्री छ ।

कम्पनीका अनुसार सानो साइजको ब्याट्री भएको गाडीले सिंगल चार्जमा २८५ किलोमिटरसम्म रेन्ज दिनेछ । यसको ठूलो साइजको ब्याट्रीले भने ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

मेगा बिजनेश ग्रुपले यसमा वारेन्टी पनि राम्रो दिएको छ । कम्पनीले २०५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिएको छ । ६ वर्ष वा ३० लाख किलोमिटर जुन पहिला आउँछ, त्यो वारेन्टी दिइएको माइक्रो भ्यान निकै आकर्षक डिजाइनमा उपलब्ध छ ।
लेदर सिट र प्यासेन्जरलाई ठूलो लेग स्पेस, ३६० डिग्री क्यामेरा, इबीडी सहितको एबीएस फिचर दिएको छ ।

कम्पनीले केहि दिनअघि मात्रै इलेक्ट्रीक पीकअप ट्रक बजारमा ल्याएको छ ।


Back_to_top