बेइजिङ अटो शोमा १०० भन्दा बढी ब्राण्डले कार प्रदर्शनी गर्ने

काठमाडौं । आगामी सातादेखि ‘बेइजिङ अटो शो २०२४’ आयोजना हुने भएको छ । चीनको राजधानी बेइजिङमा आयोजना हुने अटो शो निकै ठूलो र भव्य हुने मिडियाहरूले उल्लेख गरेका छन् ।

हरेक दुई वर्षमा एक पटक आयोजना हुने बेइजिङ अटो शोमा यसपटक न्यू इनर्जी भेहिकलमा निकै ठूलो प्रदर्शनी हुने आयोजकले बताएका छन् । विश्वभरका १०० भन्दा बढी ब्राण्डले आफ्नो उत्पादन प्रदर्शनी गर्ने तयारी थालेका छन् ।

अप्रिल २५ र २६ तारिख मिडिया डे, २७ र २८ तारिख प्रोफेसनल भिजिटर डे र २९ अप्रिलदेखि ४ मेसम्म अवलोकनकर्ताको लागि अटो शो खुला रहने छ । लाखौं मानिसले अवलोकन गर्ने अटो शो ४ मेको दिन समापन हुनेछ ।

यसपटक अटो शोमा बेन्टले, माज्दा, चेरी, जिकर, दिपल, जीएसी, मेक्सस, डायून, पोलष्टर, हार्मेनी, एमजी, लिपमोटर्स, जिटोर्स, सेभ्रोलेट र नियो ब्राण्डले सहभागी जनाउने छन् ।

त्यसका अलावा जेएसी, अउडी, रोक्स मोटर्स, टोयोटा, हाभल, लोटस्, पोर्श्चे, हुन्डाई, मर्सिडिज, स्मार्ट, बीएआइसी, एलआई अटो, किया, होन्डा, विलिङ, आइकार, बीवाइडी, डोङफेङ ब्राण्डले पनि सहभागिता जनाउने छन् ।

जापनी ब्राण्ड निसान, बुक एनईभी, साओमी, जिली, एआइएम मोटर्स, फोर्ड, जेएमसी, जेनिसस्, लिंकन, भोल्भो, क्याडिलेक, हाइपर, सेरेस, लेक्सस, चांगन, इनफिनिटी, फक्सवागेन, एक्सपेङ, बीएमडब्ल्यू, मिनी, जेटा, अवतार, राइजिङ, लिंक एण्ड को, डेन्जा जस्ता ब्राण्डले आफ्नो उत्पादन प्रदर्शनी गर्नेछन् ।

यी बाहेक पनि अरू दर्जनौं ब्राण्डले आफ्नो उत्पादन प्रदर्शनी गर्ने तयारी गरेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् ।


Back_to_top