काठमाडौं । जीएसी एवोनले अन्तर्राष्ट्रिय बजारको पहिलो रणनीतिक मोडल ‘एवोन-भी’को सेकेन्ड जेनेरेशन मोडल सार्वजनिक गरेको छ । कम्पनीले चीनमा सार्वजनिक गरेको एसयूभी केबल ८० मिनेटमै १० हजार ग्राहकले बुकिङ गरेको कारन्यूज चाइनाले उल्लेख गरेको छ ।
जीएसी एवोन-भीको सेकेन्ड जेनेरेसन मोडल एइपी इलेक्ट्रीक भेहिकल प्लेटफर्ममा बनेको हो । मिडसाइज एसयूभी सेग्मेन्ट र डिजाइनमा उपलब्ध कारको लम्बाई ४६०५ एमएम, चौडाई १८५४ एमएम, उचाई १६६० एमएम छ । यसको ह्वीलवेस २७७५ एमएम छ ।
एवोन-भीको सेकेन्ड जेनेरेशन मोडल नयाँ डिजाइन ल्याङ्वेजमा आधारित छ । यसको फ्रन्ट हेडलाइट एच सेपमा देख्न सकिन्छ । साथै, १९ इन्चको मल्टी स्पोक पेटल स्टाइल रिमले यसको ओभरअल लुक्समा ठूलो फरक पाउन सकिन्छ ।
आधुनिक फिचरहरुले सुसज्जित एसयूभीको छतमा ५ मिलिमिटर वेभ राडार, ११ वटा क्यामरा र १२ अल्ट्रासोनिक राडार छ । यसमा ‘नेभीडीया ओरिन एक्स चीप’ प्रयोग भएको छ । एडीआईजीओ पाइलट इन्टेलीजेन्ट ड्राइभ असिस्ट सिस्टम पाउन सकिन्छ ।

पाँच जनाले सहज यात्रा गर्न मिल्ने एसयूभीको इन्टेरियरमा फिजिकल बटम प्रयोग भएको छैन । १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन, फुल एलसीडी इन्ट्रुमेन्टल प्यानल, ड्यूल मोवाइल वायरलेस चार्जर, एम्बीयन्ट लाइट, प्रिमियम अडियो सिस्टम दिइएको छ ।
यस ईभीमा हाइ र लोपावर गरी दुई फरक इलेक्ट्रीक मोटर दिएको छ । लो पावरमा १५० किलोवाट र हाईपावरमा १६५ किलोवाटको मोटर छ । कम्पनीले यसमा ६२.२७ देखि ९०.२१ किलोवाट अवारसम्मको विभिन्न साइजका ब्याट्री पावर दिइएको छ ।
जीएसीले ४०० भोल्ट सिलीकन कार्वाइड प्लेटफर्ममा बनेको एसयूभीमा ब्याट्री सीथ्री फास्ट चार्जिङ टेक्नलोजीमा आधारित छ । चीनमा यसको मूल्य १७ हजार ८०० अमेरिकी डलरबाट सुरु हुन्छ । यसमा रहेको सबैभन्दा ठूलो ब्याट्रीले ७५० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

