काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले आफ्नो बहुचर्चित स्पोर्टस् कार साइबरस्टरको राइट ह्याण्ड ड्राइभ मोडल थाइल्याण्ड पुर्याएको छ । कम्पनीले आफ्नो आइकोनिक मोडललाई अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु गरेको हो ।
पहिलो लटमै एमजीले २५० यूनिट साइबरस्टर थाइल्याण्ड पठाएको हो । साउन अन्तिमसम्ममा पारामाउन्ट मोटर्सले पनि साइबरस्टर नेपाल ल्याउने जनाएको छ ।
रोडस्टर डिजाइनमा तयार भएको साइबरस्टर एमजीको लाइनअपमा सबैभन्दा बलियो मोडल हो । अन्तर्राष्ट्रिय बजारमा साइबस्टर फोर ह्वील र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । नेपाल आउने मोडल सम्भवत रियर ह्वील ड्राइभ हुने छ । यसमा २५० किलोवाटको मोटर दिइएको छ ।
एमजीले आफ्नो इलेक्ट्रीक स्पोर्टस कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ ।

इलेक्ट्रीक साइबरस्टरको लम्बाई ४५३५ एमएम, चौडाइ १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसको ह्वीलबेस २६९० एमएम रहेको छ । कारमा १९ इन्चको ह्वील, इलेक्ट्रीक हुड, ७ इन्चको टच स्कृन बोस्चको ८ वटा स्पीकर रहेको छ ।
पछिल्लो समयमा एमजी ब्रान्ड टी-सिरिज, एमजीए, एमजीबी लगायतका रोडस्टरको लागि परिचित छ । कम्पनीले नयाँ ईभीमा एरो सेप्ड टेललाइट दिएको छ । कम्पनीले यो ईभी मोडर्न डिजाइनमा तयार गरेको छ ।
आइकोनिक रोडस्टरलाई समर्पित गरेर लामो हुड, स्मुथ बडी लाइन दिएर यसलाई तयार गरेको छ । यो स्पोर्टस कारको टप स्पीड क्षमता २०१ किलोमिटर प्रतिघन्टासम्म रहेको छ ।
पारामाउन्ट मोटर्सले यसको मूल्य पनि १ करोड ६० लाख हाराहारी राखेर बिक्री सुरू गर्ने अनुमान छ ।


