त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

बिहान करिब ११ बजे पोखरा उड्न लागेको सौर्यको जहाज रनवेबाट चिप्लेर दुर्घटनामा परेको बताइएको छ ।

उक्त जहाजमा चालकदलका सदस्यसहित १९ जना रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा आगो लागेर धुवाँको मुस्लो निकिस्रहेको छ । थप विवरण आउन बाँकी छ ।


Back_to_top