टाटाको कर्भमा रहने ब्याट्रीको विवरण सार्वजनिक

काठमाडौं । टाटा मोटर्सले अगष्ट ७ तारिखबाट बजारमा उतार्ने कर्भ एसयूभीको ब्याट्री साइज बाहिर आएको छ । दुई सातापछि बिक्री सुरु हुने कर्भ एसयूभीमा दुई ब्याट्री अप्सन उपलब्ध रहने भएको हो ।

यसअघिका मोडलमा जस्तै टाटा कर्भ ईभी पनि सर्ट रेन्ज र लङ रेन्ज गरी दुई ब्याट्री अप्सनमा आउन लागेको छ । सार्वजनिक भएको विवरण अनुसार कर्भ ईभीको सर्ट रेन्जमा टाटा नेक्सनको लङ रेन्ज भर्सनकै ४०.५ किलोवाट आवरको ब्याट्री रहनेछ ।

त्यसैगरी कम्पनीले यसको लङ रेन्ज भर्सनमा ५५ किलोवाट आवरको ब्याट्री दिनेछ । एआरएआईले यी दुई ब्याट्रीको रेन्ज ४६५ देखि ५५० किलोमिटर बीचमा रहने गरी प्रमाणित गरेको बुझिन्छ ।

ब्याट्री डिटेल बाहिर आएपनि यसको इन्टेरियरमा रहेका फिचरहरुका बारेमा कुनै जानकारी बाहिर आएको छैन । यद्यपि, १२.३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, पानारोमिक शनरुफ, रिक्लाइनिङ सिट, भ्यान्टिलेटेड सिट, लेभल टु एडास सेफ्टी फिचर रहने छन् ।


Back_to_top