काठमाडौं । बीएमडब्ल्यू मोटार्ड इन्डियाले सीई ०४ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा प्रतिक्षित बीएमडब्ल्यू सीई ०४ स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले पहिलो इलेक्ट्रीक स्कुटरको मूल्य १४ लाख ९० हजार भारु तोकेर सार्वजनिक गरेको छ । कम्पनीले गत डिसेम्बरमा भारतमा यो स्कुटरको प्रर्दशनी गरेको थियो ।
कम्पनीले अमेरिकी तथा युरोपियन बजारमा सीई ०४ इलेक्ट्रीक म्याक्सी स्कुटर बिक्री गर्दै आएको छ । अमेरिकी बजारमा यो स्कुटरको मूल्य ११ हजार ७९५ डलर रहेको छ ।
बीएमडब्ल्यू सीई ०४ इलेक्ट्रीक म्याक्सी स्कुटरमा ८.९ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ । यो स्कुटरमा रहेको लिक्वीड कुल्ड मोटरले ३१.३१ हर्स पावर तथा ६१ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर एकपटक फुलचार्ज गरेर १३० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।
यो स्कुटरमा रहेको ब्याट्री प्याकलाई ० देखि १०० प्रतिशतसम्म चार्ज गर्न फाष्ट चार्जरमार्फत १ घण्टा ४० मिनेट लाग्छ । त्यस्तै, यो स्कुटरको फ्रन्टमा ३५ एमएम टेलिस्कोपिक सस्पेन्सन तथा रियरमा अफ सेट मोनासक सस्पेन्सन दिइएको छ । यसका अलावा यसको फ्रन्टमा डबल डिस्क ब्रेक र रियरमा सिंगल डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस रहेको छ । यो स्कुटरको टप स्पीड १२१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
त्यस्तै, यसमा तीन राइड मोड पाउन सकिन्छ । यसमा इको, रेन र रोड मोड रहेको छ भने यो पूर्णतया किलेस रिमोट रहेको छ । बीएमडब्ल्यू सीई ०४ इम्पेरियल ब्लू मेटालिक र लाइट ह्वाइट कलरमा सार्वजनिक गरेको हो ।


