काठमाडौं । केटीएमले नेपालमा आफ्नो चर्चित र प्रिमियम मानिएको २५० एडभेन्चर मोटरसाइकलको नयाँ भर्सन उपलब्ध गराएको छ ।
नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हशंराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा ७ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य तोकेर नयाँ भर्सन केटीएम २५० एड्भेन्चरको बिक्री सुरू गरेको हो ।
२५० एड्भेन्चरमा नयाँ इन्जिन सेटअपका साथै राइडरलाई आवश्यक पर्ने अन्य निकै सुविधाजनक एड्भान्स फिचरहरू उपलब्ध रहेको छ ।
यहाँ हामीले नयाँ केटीएम २५० मा रहेका उत्कृष्ट ५ फिचरको बारेमा चर्चा गरेका छौं ।
पावरफुल इन्जिन र पर्फमेन्स
मोटरसाइकलमा २४९.७ सीसीको एलसीफोसी, सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, फोर स्ट्रोक, एसओएचसी, एफआई, इन्टरनल कम्बस्चन र नयाँ रिफाइन गरिएको इन्जिन सेटअप दिइएको छ । यस इन्जिनले अधिकतम ३१ पीएस पावर तथा २५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ भने यसको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा रहेको छ ।
नयाँ अन्डरपेनिङ सेक्सन र डिजाइन
यो मोटरसाइकल पूरा नयाँ लाइट वेट स्टील ट्युबलर ट्रेलिस फ्रेममा निर्माण गरिएको हो । यसमा नयाँ चेसिस, डब्लूपी एपेक्स यूएसडी फ्रन्ट फोर्क र रियर मोनोसक ट्राभल एड्जस्टेबल सस्पेन्सन सेटअपका साथ २२७ एमएम ग्राउण्ड क्लियरेन्स छ ।

यसको डिजाइन ओभरअल रुपमा ३९० एड्भेन्चरको जस्तै रहेको छ । मोटरसाइकलमा अग्लो विन्ड भाइजर, र्याली टावर सैलीको डिस्प्ले, स्लीक टेल सेक्सन र सेमि फेयरिङ डिजाइन छ ।
उच्च प्रविधि र इलेक्ट्रोनिक सुविधा फिचर
मोटरसाइकलमा ५ इन्चको पूरा डिजिटल टीएफटी कन्सोल छ । जसमा कनेक्टिभिटी सिस्टम, टर्न बाई टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, सर्भिस इन्डिकेटर, र रियल समय लगायत राइडरलाई आवश्यक पर्ने डिटेल्स हेर्न सकिन्छ ।
साथै, अन्य फिचरका रुपमा पूरा एलईडी प्रोजेक्टर लाइट सेटअप, डीआरएल, सिफ्ट लाइट, टर्न सिग्नल ल्याम्प, राइड मोड, अफरोड मोड, क्वीक सिफ्टर, स्लीपर क्लच, राइड बाई वायर थ्रोटल, डबल डिस्कब्रेकसँगै डबल च्यानल एबीएस, ट्युबलेस टायर, अलोय ह्वील, चेन ड्राइभ र एड्जस्टेवल वीन्ड स्क्रीन दिइएको छ ।
माइलेज
यस मोटरसाइकलको ओभरअल माइलेज ३८ किलोमिटर प्रतिलिटरसम्म पाउन सकिन्छ । यसमा २.९ लिटरको रिजर्भ र १४.५ लिटरको मुख्य फ्युल ट्यांक छ ।

वारेन्टी र सर्भिसिङ सुविधा
केटीएम २५० एड्भेन्चर मोटरसाइकलमा २ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टि सुविधा पाइन्छ । ग्राहकले मोटरसाइकल किनेपछि पहिलो सर्भिसिङ १ हजार किलोमिटर वा ४५ दिनको समयमा गर्नुपर्नेछ । त्यस्तै, दोस्रो ८ हजार ५०० किलोमिटर वा १५० दिन र तेस्रा १६ हजार किलोमिटर वा २४० दिनमा गराउनुपर्ने कम्पनीले जनाएको छ ।
यसले सहरदेखि पहाडसम्मको यात्राशैली सँगै हाइवे चलाइमा पनि राम्रो र बलियो प्रदर्शन दिने अपेक्षा सहजै गर्न सकिन्छ।


