मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

काठमाडौं । नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको बसमा ढंगा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ ।

तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुंगा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी गम्भीर घाइते भएका थिए ।

घाइते कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

बस र चालक तनहुँ म्याग्दे गाउँपालिका-२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको छ ।


Back_to_top