६ एयर ब्याग र ३६० डिग्री क्यामेरासहित आयो टियागो ईभी फेसलिफ्ट

काठमाडौं । टाटा मोटर्सको चर्चित इलेक्ट्रीक ह्याचब्याक टियागो ईभीको फेसलिफ्ट सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा नयाँ टियागो ईभीको चार भेरियन्ट बिक्री सुरू गरेका हो ।

कम्पनीले भारतीय बजारमा टियागो ईभीको सुरूआती मूल्य ६ लाख ९९ हजार भारु (एक्सशोरुम) तोकेको छ । टाटाले फेसलिफ्ट टियागो ईभी नयाँ डिजाइन, रिडिजाइन गरिएको डुअल टोन इन्टेरियर, थप फिचर, सुधारिएको सेफ्टि फिचरसँग धेरै कुरा अपडेट गरेर ल्याएको हो ।

अपडेट गरिएको टियागो ईभीमा स्लीक एलईडी हेडल्याम्प, नयाँ एलईडी डीआरएल, क्लोज बडी रंगीन ग्रिलसहित रि डिजाइन गरिएको फेसिया छ। टाटाले यसको साइडमा पनि नयाँ नक्कली एयर भेन्टहरू सहित बम्परहरू पनि परिमार्जन गरेको छ । कन्ट्रास्टिङ ह्वील आर्क क्ल्याडिङको साथ नयाँ १५ इन्च ह्वील थपेको छ ।

पछाडिको भागमा कनेक्टेड एलईडी टेल ल्याम्प र परिमार्जित बम्पर छ । साथै, डुअल टोन ब्ल्याक रुफ, शार्क फिन एन्टेना र डोर ह्याण्डलहरूमा क्रोम फिनिश दिएको छ ।

टाटाले नयाँ टियागोमा नयाँ डिजाइनको डुअल टोन ड्यासबोर्ड दिएको छ । यसमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको २६.०३ सेमी एचडीट चस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ४० भन्दा बढी कनेक्टेड कार सुविधाहरू सहितको आइआरए डट ईभी कनेक्टिभिटी र वायरलेस चार्जिङ सुविधा दिएको छ ।

साथै, प्यासिभ एन्ट्री र प्यासिभ स्टार्ट, पूर्ण रूपमा स्वचालित टेम्पेचर कन्ट्रोलर, रियर एसी भेन्ट, थाइ सपोर्ट अन्तर्गत विस्तारित सिटहरू, स्टोरेजसहितको फेब्रिक टच आर्मरेस्ट, अल डोर सफ्ट टच फेब्रिक आर्मरेस्ट, कूल्ड ग्लोभबक्स, ६५ वाट फ्रन्ट टाइप सी यूएसबी, अटो फोल्ड र इलेक्ट्रिकली एडजस्टेबल ओआरभीएम, क्रूज कन्ट्रोल र फोर स्पिकर सराउण्ड लगायत फिचर छन् ।

टाटाले नयाँ टियागो सुरक्षाका हिसाबले पनि निकै अब्बल बनाएको छ । यसमा ६ वटा एयर ब्याग, ३६० डिग्री एसभीएस एचडी क्यामेरा, ब्लाइण्ड भ्यू मनिटर, ३६० डिग्री इम्प्याक्ट प्रोटेक्शन बडी स्ट्रक्चर, ट्रयाक्सन कन्ट्रोल भएको इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ईबीडी, कर्नर स्टेबिलिटी कन्ट्रोल भएको एबीएस, हिल होल्ड कन्ट्रोल, रेन सेन्स वाइपरहरू, अटोमेटिक हेडल्याम्पहरू, रियर डिफगर जस्ता फिचर दिएको छ । साथै, मोटर र ब्याट्री प्याक दुवैको लागि आइपी ६७ इन्ग्रेस प्रोटेक्शन पनि उपलब्ध छन्।

टाटाले फेसलिफ्ट टियागोमा ब्याट्री भने हालकै निरन्तरता दिएको छ । नयाँ टियागो ईभीमा १९ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री छ । जसले क्रमशः १६० र २०५ किमी रेन्ज दिन्छ । टाटाले सानो ब्याट्री भएकोमा ४५ किलोवाट र ठूलो ब्याट्रीसँग ५५ किलोवाटको मोटर दिएको छ ।

नयाँ टियागोले ३० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले ३५ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

भारतमा सार्वजनिक भएसँगै टियागो ईभी फेसलिफ्ट चाँडै नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।


Back_to_top