महिन्द्रा थारको फेसलिफ्ट आउँदै, के-के परिवर्तन हुन्छ ?

काठमाडौं । महिन्द्राले सन् २०२० लन्च गरेको सेकेण्ड जेनरेशन थारको फेसलिफ्ट मोडल ल्याउने भएको छ । रगेड अफरोडरको रूपमा चिनिने थार थ्री डोर भर्सनको फेसलिफ्ट मोडल आउने भएको हो ।

लाइफस्टाइल एसयूभी थारको भारतीय अटो मार्केटमा छुट्टै पहिचान छ । महिन्द्राको पोर्टफोलियोमा राम्रो बिक्री भइरहेको थार सेकेण्ड जेनेरेशन लन्च भएको करिब ५ वर्षपछि फेसलिफ्ड मोडल ल्याउने भएको हो ।

महिन्द्राले अपडेटेड थारको भारतका सहरहरूमा सडक परीक्षण गरिरहेको छ । भारतको एसयूभी एक्सपर्टको रूपमा चिनिने महिन्द्राले गत महिना मात्रै ४ वटा नयाँ एसयूभी कन्सेप्टको साथमा नयाँ प्ल्याटफर्म समेत अनभिल गरेको थियो ।

महिन्द्राको नयाँ थारको डिजाइन प्रेरित अर्को रगेड एसयूभी थार रक्सबाट लिइएको देखिन्छ । नयाँ थारको फ्रन्ट बम्पर पूर्णतया नयाँ डिजाइनको मस्कुलर बनेको छ भने यसको फगल्याम हाउजिङ पहिलको भन्दा सार्प देखिएको छ ।

थारको ग्रिलमा केही सामान्य परिमार्जन भएको छ । नयाँ थारमा नयाँ सी सेपको एलईडी हेडलाइट आउने भएको छ । थारको फ्रन्ट फेसियाको साथमा नयाँ डिजाइनको अलोय ह्वील देखिएको छ ।

 

महिन्द्रा थारको फेसलिफ्ट मोडलमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम आउने भएको छ भने गियर लिभरको वरिपरी रिवर्क भएको छ । जहाँ वायरलेस मोबाइल चार्जिङ प्याड थपिने सम्भावना रहेको छ ।

यसको साथै क्याबिनमा नयाँ डिजाइनको स्टेरिङ ह्वील, पावर विण्डो स्वीचहरू, सेन्टर कन्सोलबाट डोरमै रिपोजिसन भएको छ । यसका अलावा नयाँ थारमा कन्भिनियन्स र सेफ्टीका नयाँ फिचर समेत आउने सम्भावना रहेको छ ।

महिन्द्राले नयाँ थार पनि ल्याडर फ्रेम प्ल्याटफर्ममै बनाउने अपेक्षा गरिएको छ । नयाँ थारमा १.५ लिटरको डिजल, २.० लिटरको टर्बो पेट्रोल र २.२ लिटरको डिजल इन्जिन अप्सन रहने छ ।


Back_to_top