कम बजेटमा उत्कृष्ट ईभी खोज्नेलाई थपिँदै ३ मोडल

काठमाडौं । मूल्यका हिसाबले धेरैको पहुँचमा पुग्न सक्ने तीन नयाँ एसयूभी नेपाल आउँदै छन् । टाटा, आरफक्स र दीपल ब्राण्डले तीन नयाँ मोडल नेपाली बजारमा बिक्री थाल्दैछन् ।

नेपाली बजारमा ३५ लाखदेखि ५० लाख रुपैयाँ मूल्यका विद्युतीय गाडीमा धेरैको आकर्षण रहेको पाइन्छ । यस्तोमा यही मूल्य भित्र रहने गरी तीन नयाँ मोडल नेपाल आउन लागेका हुन् ।

नेपाली बजारमा आरफक्स ब्राण्ड प्रवेश गर्ने तयारीमा छ । लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनीले बिक्री थाल्ने तयारी गरेको आरफक्स ब्राण्डमा ह्याचब्याक कार टी-०१ नेपाल आउन लागेको हो ।

त्यसैगरी, नेपाली सडकमा बाक्लो उपस्थिति रहेको पन्च ईभीको लङ रेन्ज मोडल बजारमा आउने भएको छ । सिप्रदी ट्रेडिङले बिक्री थाल्ने तयारी गरिरहेको पन्चको लङ रेन्ज मोडल फेसलिफ्ट भएर नेपाल आउन लागेको हो ।

दीपल ब्राण्डको इन्ट्री लेभल एसयूभीको रूपमा एस-०३ मोडल नेपाल ल्याउन लागेको हो । थाइल्याण्डमा उत्पादन हुने एस-०३ लाई एमएडब्लू वृद्धिले नेपालमा बिक्री गर्नेछ ।

छिट्टै बजारमा आउन लागेका तीन फरक ब्राण्डका विद्युतीय गाडीका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

आरफक्स ‘टी वान’

चिनियाँ अटोमोबाइल ग्रुप बीएआइसी अन्तर्गतको न्यू इनर्जी ब्राण्ड आरफक्सको प्रिमियम ह्याचब्याक कार ‘टी वान’ नेपाल आउँदैछ ।


‘एक्सट्रिम्ली प्योर’ डिजाइनमा आधारित टी वान ह्याचब्याक कारमा सफ्ट इन्टी पोलुसन कोटिङ गरिएको छ । सिट, ड्यासबोर्ड लगायतका स्थानमा प्रिमियम लेदरको प्रयोग भएको कम्पनीले आफ्नो आधिकारिक साइटमा उल्लेख गरेको छ ।

साइजको हिसाबले कम्प्याक्ट एसयूभी सरह रहेको टी वान मोडलको लम्बाइ ४३३७ एमएम, चौडाइ १८६० एमएम र उचाइ १५७२ एमएम छ । यसमा २७७० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

आरफक्समा ४१.७ किलोवाट आवरको एलएफपी ब्याट्री रहने छ । जसको रेन्ज ३०० किलोमिटर माथि रहन सक्छ । सीएलटीसी रेन्ज भने ४२५ किलोमिटरसम्म देखिएको छ ।

ठूलो साइजको ह्याचब्याक कार खोज्नेहरूको लागि टी वान नयाँ विकल्पको रूपमा बजारमा आउने भएको हो ।

फेसलिफ्ट पन्च ईभी

भारतमा अघिल्लो महिना सार्वजनिक भएको पन्च ईभीको फेसलिफ्ट मोडल चाँडै नेपाल आउने छ । पन्चको फ्रन्ट डिजाइन परिर्वतन भएर आएको छ ।


टाटाले नयाँ पन्च ईभीमा ब्याट्रीको साइज पनि बढाएको छ । नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउने छ ।

पन्च फेसलिफ्ट २०-८० प्रतिशत चार्ज केबल २६ मिनेटमा गर्न सकिने कम्पनीको दाबी छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ ।

नयाँ पन्च ईभीमा १६ इन्चको एरो अप्टिमाइज अलोय ह्वील पाउन सकिन्छ ।फेसलिफ्ट पन्चमा पहिलेकै ड्यासबोर्डलाई निरन्तरता दिइएको छ । यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले पाउन सकिन्छ ।

माथिल्ला भेरियन्टहरूमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा छन् ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल-होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगायतका फिचर छन् ।

दीपल एस-०३

दीपल एस-०३ कम्पनीको इन्ट्री मोडल एसयूभी हुनेछ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसमा ४० र ५१ किलोवाट आवर ब्याट्री रहनेछ ।

निकै स्मार्ट साइजमा उपलब्ध कम्प्याक्ट एसयूभीको लम्बाइ ४४३५, चौडाइ १८५५ र उचाइ १६०० एमएम रहेको छ । यसमा ह्वीलबेस भने २७३५ एमएम लामो हुनेछ ।

दीपल एस-०३ चांगानको ‘डिजिटल स्मार्ट विंग २.०’ डिजाइन ल्याङ्गवेजमा बनेको हो । बाहिरी डिजाइन हेर्दा पर्फेक्ट एसयूभी लुक्स पाउन सकिन्छ ।

यसको क्याबिनमा १५.६ इन्चको सेन्ट्रल कन्ट्रोल स्कृन र १०.१७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा थुप्रै कनेक्टिभिटी फिचर उपलब्ध रहने छ ।

निकै स्मार्ट एडास फिचर उपलब्ध रहने कारमा सुरक्षाको लागि लामो लिस्ट उपलब्ध हुनेछ । लाइडार सहित ११ हाइ-डेफिनेसन क्यामरा, १२ अल्ट्रासोनिक राडार, थ्री मिलिमिटर वेभ राडारसँगै एड्भान्स नेभिगेसन एसिस्टेन्स फिचर उपलब्ध हुनेछ ।

दीपलको नयाँ एसयूभी एस-०३ को सिट पनि निकै लग्जरी हुनेछ । यसमा हिटेड, भेन्टिलेटेड र मसाजसहितको फ्रन्ट सिट रहने छ । साथै, २५६ कलरको एम्बियन्ट लाइट पनि रहने छ ।


Back_to_top