काठमाडौं । सन् २०२५ मा धेरै नयाँ मोटरसाइकल नेपाल आउने तयारीमा छन् । २०२५ मा हुने अटो शोमा विभिन्न ब्राण्डले नयाँ नयाँ मोटरसाइकल ल्याउने तयारी थालेका हुन् ।
नेपालमा बहुप्रतिक्षित मोटरसाइकल ल्याउन हिरो, केटीएम, ट्रायम्फ जस्ता ब्राण्डले तयारीमा लागेका हुन् ।
सन् २०२५ मा ट्रायम्फले दुई मोडलका नयाँ मोटरसाइकल, हिरो र केटीएमले एक मोडलको मोटरसाइकल अटो शोमा सार्वजनिक गर्ने तयारी गरेकाे बताइएकाे छ ।
यहाँ हामीले २०२५ अटो शोमा आउने सम्भावित तीन मोडलका मोटरसाइकलका बारेमा चर्चा गरेका छौं ।
हिरो एक्सपल्स २१०
हिरो एक्सपल्स २१० को भारतमा डेलिभरी सुरू भइसकेको छ । अटो शोमा नेपाल आउने मोटरसाइकलको सूचीमा एक्सपल्स २१० रहेको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्स स्रोतका अनुसार एक्सपल्सको बजार बुझ्नका लागि हिरो मोटोकर्पको टीम नेपाल आइसकेको छ ।
भारत मोबिलिटी एक्स्पो २०२५ मा १ लाख ७६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरिएको एक्सपल्स २१० ले राम्रै चर्चा पाइरहेको छ । यो मोटरसाइकल नेपालमा सार्वजनिक हुँदा ६ लाख मूल्य हाराहारीमा आउने छ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्याङ्कको दिइएको छ । यसमा ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।
यो मोटरसाइकलमा इन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।
ट्रायम्फ स्पीड ४०० टी
ट्रायम्फका मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै निकै चर्चित बनेका छन् । कम्पनीले २०२४ अटो शोमा पहिलो पटक दुई मोडलका मोटरसाइकल प्रदर्शन गरेको थियो । २०२५ अटो शोमा भने कम्पनीले स्पीड ४०० को सस्तो भर्सन स्पीड ४०० टी४ ल्याउने अनुमान गर्न सकिन्छ । कम्पनीले कम मूल्यको मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गर्दै स्पीड ४०० टी४ ल्याउने तयारी थालेको बुझिएको छ ।
भारतमा ट्रयाम्फ टी४ को मूल्य १ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ यो मूल्य स्पीड ४०० को तुलनामा ४० हजार भारतीय रुपैयाँले कम हो । यसको तुलनामा स्पीडको मूल्य नेपाल आउँदा १ लाख रुपैयाँसम्मले कम हुने अनुमान गर्न सकिन्छ । स्पीड ४०० को मूल्य अहिले नेपाली बजारमा ६ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।
ट्रायम्फ स्पीड ४०० टी ४ मा डबल च्यानल एबीएस, मोनोशक सस्पेन्सन, यूएबी चार्जिङ पोर्ट जस्ता फिचर छन् ।
यसमा ३९८ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । स्पीड ४०० मोडलको तुलनामा यसले केही कम पावर जेनेरेट गर्छ । स्पीड टी४ को इन्जिनले ७००० आरपीएममा ३१ पीएस पावरका साथै ३६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
केटीएम ३९० एड्भेन्चर
केटीएमले नेपाली बजारमा बिग बाइक बिक्री गर्ने उद्देश्यका साथ नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले केही समयअघि मात्र नक्शालमा केटीएमको नयाँ शोरुम संचालनमा ल्याएको थियो । उक्त शोरुम उद्धघाटन कार्यक्रममा कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले केटीएम ३९० एड्भेन्चर चाँडै नेपाली बजारमा ल्याउने बताएका थिए ।
नेपालमा अहिले पनि केटीएम ३९० एड्भेन्चरको बिक्री भइरहेको छ । तर, नयाँ मोडल ३९० एड्भेन्चरमा भने व्यापक परिर्वतन भएर आउने छ । यो मोटरसाइकल २०२५ अटो शोसम्ममा नेपाली बजारमा सार्वजनिक भइसक्ने छ ।
२०२५ मोडल केटीएम ३९० एड्भेन्चर डकार प्रेरित डिजाइनमा तयार पारिएको छ । यसको फ्रन्ट लुक यार्ली स्टाइलको छ भने साइड प्यानललाई अझ ठूलो पारिएको छ । फ्रन्टमै भर्टिकल स्टायक एलईडी प्रोजेक्टर हेडल्याम्प दिइएको छ । रेगुलर मोडल ३९० एड्भेन्चरको तुलनामा २०२५ मोडल एकदमै आक्रामक डिजाइनम तयार पारिएको छ ।
यसका कम्पनीले विभिन्न नयाँ फिचरहरूका साथ ल्याउने छ । केटीएम ३९० एड्भेन्चरमा ३९८.७ सीसी सिंगल सिलिण्डर, फोर भल्भ, लिक्विड कुल्ड, डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले४६ पीएस पावरका साथै ३९ एनएम टर्क जेनेरेट गर्छ । यमसा ६ स्पीड गियरबक्सका साथै, १६७ किलोमिटर प्रतिघण्टाको टप स्पीड भेट्न सक्छ ।
यसको फ्रन्टमा डब्लूपी एपेक्स फुल्ली एड्जष्टेबल यूएसडी तथा रियरमा एपेक्सकै मोनोशक सस्पेन्सन दिएको छ । पुरानो मोडलको तुलनामा यसको ग्राउण्ड क्लियरेन्स समेत वृद्धि भएको छ । २०२५ मोडलमा २३७ एमएम ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा कम्पनीले १९ इन्चको फ्रन्ट टायरलाई २१ इन्चको टायरले रिप्लेस गरेको छ । यसमा वायर स्पोक ह्वील उपलब्ध छ ।
२०२५ मोडलमा मुख्य फिचरका रूपमा कर्नरिङ एबीएस, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, तीन राइड मोड (रेन, स्ट्रीट र स्पोर्टस) रहेको छ । एबीएसमा तीन मोड, कर्नरिङ एबीएस, अफरोड एबीएस, र सुपरमोटो एबीएस छन् । यसका अलावा राइड वाइ वायर, ५ इन्च कलर टीएफटी डिस्प्ले, क्विक सिफ्टर जस्ता फिचर उपलब्ध छन् ।
हाल नेपाली बजारमा १० लाख रुपैयाँमा रेगुलर मोडल बिक्री भइरहेको छ । नयाँ मोटरसाइकल मोटरसाइकलको मूल्य भने केही बढ्ने देखिन्छ । यो मोटरसाइकले हिमालयन ४५० र सीएफमोटो ४५० एमटीसँग प्रतिस्पर्धा गर्नेछ ।