जिलीको ईभी उत्पादन इन्डोनेसियामा सुरू, राइटह्याण्ड ड्राइभ देशमा निर्यात हुने

काठमाडौं । चिनियाँ अटोमोबइल ग्रुप जिलीले इन्डोनेसिया प्लाण्टबाट उत्पादन सुरू गरेको छ । जिलीले इलेक्ट्रीक भेहिकललाई अन्तर्राष्ट्रियकरण गर्ने रणानीति अन्तर्गत इन्डोनेसियाको पुवाकर्ता प्लान्टबाट उत्पादन थालेको हो ।

इन्डोनेसियामा उत्पादन भएको इलेक्ट्रीक एसयूभी ई एक्स५ हो । जिलीले गत जनवरीमा इन्डोनेसियामा उत्पादन सुरू गर्ने घोषणा गरेको थियो । स्थानीय पीटी ह्याण्डल इन्डोनेसिया मोटरसँगको पार्टरशिपमा स्थापना भएको लोकल प्रडक्सन प्लाण्टबाट शुक्रबार ट्रयाल उत्पानदन सुरू गरेको हो । यो प्लाण्टको वार्षिक क्षमता २० हजार युनिट रहेको छ ।

कम्पनीले स्थानीय बजारमा गत वर्षको फेब्रुअरिबाटै ईएक्स५को प्रिसेल सुरू गरेको थियो । भने अप्रिल १९ मा १ हजारौं ईएक्स ५ डेलिभरी भएको थियो ।

जिलीले स्थानीय बजारमा आगामी ३ वर्षमा ५ देखि ७ वटा नयाँ भेहिकल लन्च गर्ने घोषणा गरेको छ । यसमा ब्याट्री इलेकट्रीक, प्लगइन हाइब्रिड र ग्यासोलिन भेहिकल रहेका छन् ।

जिलीले इन्डोनेसिया प्लानबाट स्थानीय बजारमा मात्र नभई राइटह्याण्ड ड्राइभ गर्ने एसियाली देशहरूमा निर्यात समेत गर्ने योजना बनाएको छ ।

नेपाली बजारमा पनि टोयोटा र विलिङका केही मोडलहरू इन्डोनेसियाबाट आयात भएका छन् । नेपालमा जिलीको रिडारा,स्मार्ट र ईमास७ जस्ता मोडलहरू बिक्री भइरहेका छन् ।


Back_to_top