इन्स्योरेन्स कम्पनीले नै ‘ब्लूबुक’ नविकरण गरी दिने

काठमाडौं । नेको इन्सुरेन्सले आफ्ना सेवाग्राहीको ब्लूबुक नविकरण गरिदिने स्कीम संचालनमा ल्याएको छ । कम्पनीले विशेष गरेर मोटरसाइकल र स्कुटरको बीमा गर्दा ब्लूबुक नविकरण गरिदिने स्कीम ल्याएको हो ।

हरेक वर्ष यातायात कार्यालय धाएर गर्नु पर्ने ब्लूबुक नविकरण इन्स्योरेन्स कम्पनीले नै लगेर गरिदिने छ । यसले ग्राहकलाई धेरै झन्झट मुक्त बनाउने कम्पनीले विस्वास लिएको छ ।

नेको इन्स्योरेन्स पछिल्ला वर्षमा आक्रमक तरिकाले मोटर बीमा संकलन गर्दै आएको कम्पनी हो । कम्पनीका अनुसार सेवाग्राहीले ब्लूबुक र भुक्तानी सरकारी राजस्व वापत लाग्ने रकम इन्स्योरेन्स कम्पनीमा छाडेपछि कम्पनीका प्रतिनिधि गएर नविकरण गरिदिने छन् । नयाँ तथा पुराना सबै इन्सुरेन्स सेवा ग्राहीले उक्त सुविधा उपयोग गर्न पाउने छन् ।

व्यस्थ दैनिकी भएका धेरै सेवाग्राहीले यो सुविधाबाट लाभ लिन सक्ने कम्पनीको भनाई छ ।


Back_to_top