फोर्डले अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको इकोस्पोर्टको नयाँ जेनेरेश मोडलको फोटो बाहिर आएको छ । कम्पनी सन् २००३ देखि उत्पादन गदै आएको यो मोडलको तेस्रो जेनेरेशन आउन लागेको हो ।
अहिले बाहिर आएको तस्विर ब्राजिलियन स्पेकको इकोस्पोर्ट भएको जनाइएको छ । यो नयाँ मोडल भारतीय बजारमा उत्पादन हुन्छ वा हुँदैन भन्ने विषयमा केही खुलाइएको छैन ।
इकोस्पोर्ट भारतीय प्लान्टबाट उत्पादन भएको पहिलो सब फोर मिटर एसयूभी समेत हो । यसले लामो समयसम्म भारतमा सेग्मेन्ट फर्स्ट भएर व्यापार गरेको थियो । सन् २०१६ मा मारुती सुजुकीले भिटारा ब्रेजा ल्याएसँगै यसले र्शिष स्थान गुमाएको थियो । त्यसपछि आएका टाटा नेक्सन, महिन्द्रा एक्स्यूभी ३००, हुन्डाई भेन्यूले समेत यसलाई पछाडि छाडेका छन् ।
नयाँ इकोस्पोर्टलाई अझ उत्कृष्ट एसयूभी बनाउन राउन्ड सेप र स्लोपिङ रुफलाइन दिएको छ । 
कम्पनीले नयाँ जेनेरेसनको इकोस्पोर्टमा आफ्नो टिपिकल हेग्जागोनल ग्रिललाई हटाएर नयाँ ग्रिल दिएको छ । जसको बीच भागमा फोर्डको लोगो दिएको छ भने एलइडी डेटाइम रनिङ लाईट जोडेको छ । नयाँ डिजाइन गरिएको दुई कलरको बम्पर र रि–डिजाइन फगल्याम्प दिइएको देखिन्छ ।
नयाँ इकोसपोर्टमा ढोकाको लाइनमा धेरै क्रोम फिनिसिङ दिइएको छ । यसका अलावा अन्य मुख्य फिचरमा डियुल स्पोक अलोय ह्वील, व्ल्याक ह्वील आर्क क्लेडिङ, होरिजेन्टल टेल ल्याम्प, सिल्भर स्कीड प्लेट, हाइमाउन्टेड स्टप ल्याम्प रहेको छ ।

