एलसी खोल्न रोकिएसँगै नेपाल आउन लागेका ४ मोडल समस्यामा

काठमाडौं । बजारमा आउन तयार भएर पनि तरलता अभाव र बैंकले प्रतितपत्र (एलसी) खोल्न बन्द गरेको कारण धेरै नयाँ मोटरसाइकलको विक्री सुरु हुने मिति अनिश्चित भएको छ ।

विषेशत यामाहा, होन्डा, बजाज र टीभीएसले ल्याउन लागेका नयाँ मोडलको विक्री अहिले तत्काल नहुने भएको छ । यी ब्राण्डले नेपाल ल्याउन प्रक्रिया सुरु गरेको भएपनि अहिलेको असहज अवस्थालाई मध्येनजर गर्दै तत्काल नयाँ मोडल बजारमा ल्याउने योजना केही दिन धकेलेको अनुमान गरिएको छ ।

यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नेपालमा परिक्षण समेत गरिसकेको एफजेड एक्स, होन्डाले भारतमा उत्पादन भएको एड्भेन्जर एनएक्स २००, बजाजले पल्सर २५० र टीभीएसले अपाचे १६५ आर ल्याउने तयारी थालेका थिए । तर, यी सबै मोटरसाइकल कहिलेबाट बजारमा आउँछन् अब एकिन भएको छैन ।

यामाहा एफजेडएक्स

यामाहाले भारतमा उत्पादन गरेको रेट्रो डिजाइन एफजेड एक्स १५० सीसी क्षमताको मोटरसाइकल हो । रेट्रो लुक मोर्डन टेक्नोलोजीमा आधारित रहेर निर्माण गरिएको यो मोटरसाइकलमा राउण्ड सेप एलइडी हेडल्याम्प, ब्रान्ड न्यू अल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टीभीटी जस्ता विशेषत प्रदान गरिएको छ ।

सिंगल च्यानल एबीएस र दुबै चक्कमा डिस्क ब्रेक उपलब्ध रहेको यो मोटरसाइकलमा १४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।

होन्डा एनएक्स २००

होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले भारतमा उत्पादन भएको पहिलो एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी गरेको थियो । भारतमा चार महिना अघि सार्वजनिक भएको एनएक्स २०० एड्भेन्चर सेग्मेन्टमा राम्रो चर्चा कमाइरहेको मोटरसाइकल हो ।

होन्डाले एनएक्स २०० मा १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्नेछ ।

युवाहरुले एड्भेन्चर मोटरसाइकलको प्रयोग बढाउँदै लगेको समयमा आएको होन्डा एनएक्स २०० को पावर र मूल्यले ग्राहक आकर्षित गर्ने अनुमान गरिएको छ । यसमा दुबै तिर १७ इन्चको ह्वील, अफरोड टायर, अग्लो विन्डस्कृन, नकल गार्ड, दुबै चक्कामा डिस्क ब्रेक, एबीएस जस्ता फिचर उपलब्ध रहेका छन् ।

पल्सर २५०

बजाजको आधिकारीक वितरक एचएच बजाजले पल्सर सिरिजकै शक्तिशाली इन्जिनमा उपलब्ध बजाज पल्सर २५० ट्वीन नेपाल ल्याउने तयारी गरेको थियो । बजाजले पल्सर एन २५० र एफ २५० नामबाट दुई मोडल ल्याउने छ ।

पल्सर सिरिज कै पावरफुल मोटरसाइकल एन २५० नेकेड स्पोर्टस् मोडल हो भने एफ २५० सेमी फियर्ड मोडल रहेको छ । एउटै इन्जिन र बढी स्टाइलमा रहेका दुबै मोडलमा उस्तै एग्जस्ट, इन्ट्रुमेन्ट कन्सोल, सिट र रियर साइड उस्तै छ ।

दुबै मोटरसाइकलमा समान टायर साइज, ब्रेकिङ सिस्टम र एबीएस उपलब्ध रहेको भएपनि राइडिङ पोजिन, ह्याण्डलबार र फ्रन्ट डिजाइन भने फरक रहेको छ । सिल्क हेडल्याम्प क्लष्टर, एलइडी डेटाइम रनिङ लाइट, एलइडी प्रोजेक्टर हेडल्याम्प, सार्प लुकिङ बडी प्यानल, सेमी डिजिटल क्लष्टर जस्ता फिचरले नयाँ पल्सर २५० सिरिजलाई उत्कृष्ट बनाएको छ ।

टीभीएस आरपी १६५ आर

टीभीएस मोटर्सले भारतमा विक्री गरेको लिमिटेड एशिडन अपाचे आरटटीआर १६५ आरपी नेपाल पनि ल्याउन प्रयास भएको आधिकारीक वितरक जगदम्बा मोटर्सले जनाएको छ । तर, पछिल्लो अवस्थाले धेरै मोडल ल्याउने योजना भएपनि सबै अनिश्चित बनेको हो ।

अपाचे आरटीआर १६० फोर भीमा आधारित मोटरसाइकलमा १६५ आरपी मोडल रेस पर्फमेन्स मोडलका रुपमा बजारमा आएको छ । यो मोटरसाइकलमा १६४.९ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ ।यो इन्जिनले अधिकतम १९.२ पीएस पावर जेनेरेट गर्छ ।

यसमा स्लिपर क्लच, रियरमा २४० एमएम डिस्क, कलरफुल डिस्प्ले, एड्जष्टएवल ब्रेक र क्लच लिभर जस्ता फिचर उपलब्ध रहेको छ । बिशेषत यो मोटरसाइकलमा कस्मेटीक परिर्वतन पाउन सकिन्छ ।


Back_to_top