चांगनको नयाँ वर्ष अफरः २ लाख ५० हजारसम्म छुट

काठमाडौं । चांगन अटोले नयाँ वर्ष २०७९ लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘एभ्री थिङ न्यू, एभ्री थिङ प्रिमियम’ नारासहित नयाँ वर्ष स्कीम संचालनमा ल्याएको हो ।

कम्पनीले ल्याएको यो स्कीम वैशाख महिना भरी लागु जनाएको छ । यस अफरको फाईदा लिन चाहने ग्राहकले चंगानको नक्शाल स्थित शोरुम जानु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यस अफर अन्तर्गत २.५ लाखसम्म नगद छुट, १ लाखसम्मको एक्सचेन्ज टपअप र १ वर्षको निःशुल्क बीमा सुविधा उपलब्ध गराएको छ । साथै, ग्राहकले हरेक टेष्ट राइड र एक्सचेन्जमा पनि उपहार पाउने छन् । साथै, यो स्कीमको पहिलो ५ जना प्रारम्भिक बुकिङ कर्ताले थप लाभ पनि पाउने कम्पनीले जनाएको छ ।

 


Back_to_top