काठमाडौं । दशैं, तिहार जस्ता ठूला मानिने चाडपर्व सकिएपछि बजारमा सबैभन्दा राम्रो संख्यामा बिक्री हुँदै आएको विद्युतीय कार मोडल ‘बीवाइडी एटो टु’ हो ।
साइजको हिसाबले ४.३ मिटर भएको कारण एटो टु धेरैको रोजाइमा पर्न सफल भयो । सँगै कम्प्याक्ट एसयूभीमा ‘पर्फेक्ट डिजाइन’ र ‘भ्यालू फर मनी’ भएकै कारण यसलाई किनेको बताउने ठूलो संख्यामा प्रयोगकर्ता भेटिन्छन् ।
बीवाइडीले नेपालमा विगतदेखि नै प्रस्ट योजना र उपभोक्तामैत्री प्लान तयार पारेर काम गर्दै आएको छ । फलस्वरूप उसले ल्याउने हरेक मोडलले एकपटक बजारमा राम्रै प्रभाव जमाउन सफल भएको मानिन्छ ।
५ महिना अगाडि मात्रै नेपाल आएको एटो टु मोडल अहिलेसम्म १ हजार ७२ युनिट आयात भइसकेको छ । यसले उपभोक्ताको क्रेज एटो टु प्रति कस्तो छ भन्ने प्रष्ट संकेत गर्छ । त्यसैले हामीले यहाँ एटो टुको सफलतासँग जोडिएका ५ विषयमा चर्चा गरेका छौं ।
ब्राण्ड प्रतिको विश्वास
ईभी बिक्री गर्ने चिनियाँ ब्राण्डमा बीवाइडी सबैभन्दा विश्वासिलो ब्राण्ड बनिसकेको छ । साइमेक्स इंकले देशभर बनाएको बिक्री तथा सर्भिस नेटवर्कले पनि उपभोक्तामा थप आत्मबल दिएको छ ।

एटो थ्री र डल्फिनको सफलतासँगै बीवाइडी प्रति हेर्ने नजर नै परिवर्तन हुँदै आएको छ । यसको सिधा फाइदा अहिले आइरहेका नयाँ मोडलले पाएका हुन् । साथै, ब्लेड ब्याट्रीको विश्वसनियता र कम्पनीले दिँदै आएको वारेन्टीको कारण पनि बीवाइडीका गाडीमा उपभोक्ताको आत्मविश्वास बढेको हो ।
मनपर्ने एसयूभी लुक्स
नेपालमा धेरै बिक्री भएका एसयूभी हुन्डाई क्रेटा, भेन्यू, सुजुकी ब्रेजा जस्ता मोडलकै झल्को दिने साइज र डिजाइन भएको कारण एटो टु सहजै स्वीकार भएको मोडल हो । त्यसको अलावा ड्रागन फेस डिजाइन, सबै लाइट एलईडी तथा निकै स्पोर्टी लुक्सको कारण यसलाई धेरैले मन पराएका हुन् ।
यसमा रहेको ४४० लिटरको बुटस्पेस र महँगो एटो थ्रीको मिनी संस्करण लागेकै कारण धेरै एटो थ्री किन्ने योजना बनाएका उपभोक्ता पनि एटो टुमा सरेका छन् ।

बजार ट्रेन्ड
नेपालमा नयाँ बिक्री हुने ६४ प्रतिशत हाराहारी कार एसयूभी हुन थालेको छ । त्यसमा पनि ईभी किन्दा इन्धन भर्नु नपर्ने, पैसा बचत हुने र चार्जिङ स्टेशन निर्माण तीव्र भएका कारण आकर्षक मोडलको खोजीमा रहेका उपभोक्ताले एटो टु पाएका हुन् ।
प्रयोग गर्न सजिलो
बीवाइडी एटो टुको लम्बाइ ४३१० एमएम छ । कम्प्याक्ट साइजकै भएको कारण यसलाई चलाउन पनि निकै सजिलो छ । त्यसमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्सले खाल्डाखुल्डी र हल्का अफरोडमा समस्या आउँदैन ।
नेपालकै सडकमा चलाउँदा ३०० किलोमिटर आसापास रेन्ज पाइने भएको कारण उपभोक्ता ढुक्क देखिन्छन् । साथै, डीसी चार्जरले ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३० मिनेट लगाउने भएकाले यसको स्वीकार्यता बढ्दै गएको हो ।

मूल्य र फिचर
एउटा मात्रै भेरियन्टमा उपलब्ध एटो टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्य कम भए पनि फिचरको लामो लिस्ट भएको कारण धेरैले खोजेका हुन् । सडकमा चलाउँदा अत्याधिक आवश्यक लाग्ने फिचरहरू एटो टुमा पाइन्छ ।
५१ किलोवाट आवरको ब्लेड ब्याट्री, सेल टु बडी टेक्नोलोजी, ३.० ई प्लेटफर्म, एडास, ६ एयरब्याग जस्ता फिचरको कारण यसलाई आफ्नो ग्यारेजमा राख्न चाहने बढ्दै गएका हुन् ।

