काठमाडौं । सन् २०१८ अगस्टमा पहिलो पटक नेपाल प्रवेश गरेको नामी-०१ ह्याचब्याक कारले बजारमा दामी व्यापार गरेको छ । कम्पनीले अक्टोबर २०२४ बाट मात्रै उपभोक्तालाई डेलिभरी दिन थालेको थियो ।
डेलिभरी सुरू भएको एक वर्षको अवधिमा कम्पनीले १००० युनिट बिक्री पूरा भएको घोषणा गरेको छ । आयात तथ्यांकको आधारमा अहिलेसम्म १ हजार ८० युनिट आयात भइसकेको छ ।
‘हामीले बिक्री सुरू गरेको एक वर्षको अवधिमा एक हजार उपभोक्ता पाएका छौं । उहाँहरू नामी-०१ ह्याचब्याक कारसँग सन्तुष्ट भएको पाएका छौं । डिजाइन, फिचर र रेन्जका हिसाबले धेरैले उत्कृष्ट कार भन्नुभएको छ । अहिले पनि मासिक ८० देखि १०० युनिट गाडी हामी डेलिभरी गरिरहेका छौं’, एमएडब्लू ग्रुपका चेयरम्यान विष्णुकुमार अग्रवालले मेरोअटोसँग भने ।
कम्पनीका प्रबन्ध निर्देशक विवेक शिकारिया पनि उपभोक्ता, डिलर पार्टनर तथा मिडियाको सपोर्टले नामीले अलगै स्थान बनाएको बताउँछन् । उनी भन्छन्, ‘प्रोडक्ट राम्रो थियो । सबैको सहयोग पुग्यो । त्यसैले बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेका छौं ।’

नामी-०१ को टप भेरियन्ट अहिले सबैभन्दा धेरै बिक्री हुन्छ । सुरूमा ७० किलोवाटको मोटरमा उपलब्ध यो ह्याचब्याक कार अहिले ४९.५ किलोवाटको मोटरमा उपलब्ध छ । जसको मूल्य ३४ लाख ७९ हजार कायम गरिएको छ । अहिले चाडपर्वको समयमा कम्पनीले ८० हजार नगद छुट दिएर ३३ लाख ९९ हजार रुपैयाँमा नै उपलब्ध गराएको छ । यसमा ४२ किलोवाट आवरको ब्याट्री दिइएको छ ।
नामीलाई छोटो समयमा सफलता प्रदान गर्न निम्न ५ कुराको महत्वपूर्ण भूमिका रहेको छ ।
लग्जरी
मूल्य ३४ लाख रुपैयाँ रहेको कारमा हाइटेक फिचर छन् । कम मूल्यमा निकै आरामदायी कार खोज्नेको लागि नामी-०१ सोचे जस्तै कार हुन सक्छ । सानो ह्याचब्याक कार सेग्मेन्टमै पहिलो मेमोरी फङ्सन सहितको हिटेड र भेन्टीलेटेड ड्राइभर उपलब्ध भएका कारण धेरैले यसलाई रोजेका हुन् ।

पोलिन फिल्टर सहितको अटोमेटिक एयर कण्डिसन, मल्टी ड्राइभ मोड, अडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर र आरामदायी सिटले यसलाई थप बलियो बनाएको हो ।
ड्राइभर असिस्टेन्ट सहितको एड्भान्स सेफ्टी
नामी-०१ मा लेभल २ एड्भान्स ड्राइभर असिस्ट सेफ्टी फिचर छ । ५ स्टार सेफ्टी रेटीङ पाएको ह्याचब्याक कार सेग्मेन्टमै पहिलो सेल्फ पार्किङ फिचर भएको मोडल पनि हो ।
यसका अलावा ३६० डिग्री क्यामरा, एयरब्याग, भेहिल स्टेबिलिटी असिस्ट, अटो होल्ड जस्ता फिचरले यसलाई अझ सुरक्षित बनाएको छ ।

स्टाइल र आइ क्याची लुक्स
नेपालमा धेरै उपभोक्ताको पहिलो रोजाइ गाडीको स्टाइलमा भरपर्छ । आइ क्याची लुक्स भएको गाडी बिक्री गर्न र किन्न दुवैलाई सजिलो हुन्छ । त्यो मामलामा नामी-०१ निकै भाग्यमानी देखियो ।
यसमा दिइएको क्लोज ग्रिल, फरक डिजाइनमा बनेको ट्रायङ्गुलर एलईडी हेडलाइट, कनेक्टेड एलइडी डीआरएल, सस्पेन्डेड रुफ डिजाइन, हिडन डोर ह्याण्डल, प्रिमियम कारमा पाइने युनिक फ्रेम लेस डोर, १७ इन्चको ह्वील जस्ता बलिया फिचरको कारण ग्राहक आकर्षित भए ।
हाइटेक इन्टेरियर
नामी-०१ बाहिरबाट हेर्दा जति सुन्दर लाग्छ भित्रको बनोट त्यति नै मिनिमल छ । मिनिमल डिजाइनसँगै दिइएको टेक फिचरले युवाहरूको मन लोभ्याउँछ ।

ड्यासबोर्डमा दिइएको १२.८ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल इन्फोटेन्मेन्ट स्क्रीन, ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, टु स्पोक मल्टि फङ्सनल स्टेरिङ ह्वील, वायरलेस चार्जर जस्ता फिचरले यसलाई बलियो बनाएको छ ।
कनेक्टिभिटी र कस्टुमाइजेसन
नामी ०१ मा युवा चालकले एकदमै मनपराउने कनेक्टिभिटीको राम्रो फिचर रहेको छ । यो कारलाई मोबाइलबाट रिमोट कन्ट्रोल गर्न सकिन्छ । यसका दिएको ट्राफिक जाम असिस्ट र हाइवे ड्राइभिङ असिस्ट बीचको इन्टेलिजेन्ट स्विचिङ असिस्टले हाइवे र सिटी ड्राइभमा एकदमै सहज बनाउँछ ।

