काठमाडौं । डोङफेङ नेपालको लागि नयाँ नाम होइन, नामी भने विल्कुलै नयाँ हो । सन् २०२४ अगस्टमा डोङफेङको न्यू इनर्जी ब्राण्ड नामीको पहिलो ह्याचब्याक कार नेपालमा सार्वजनिक भयो ।
आधिकारीक बिक्री सुरु भएको १३ महिना भएपनि संख्यात्मक बिक्री सुरू भएको केबल ११ महिना मात्रै पुगेको छ । यस बीचमा १ हजार युनिटभन्दा बढी आयात हुनु यसको सबैभन्दा रोचक पक्ष हो ।
ह्याचब्याक कारको बजार नै लगभग ध्वस्त भइसकेको समयमा ३० लाख हाराहारी मूल्यमा आएको नामी-०१ मोडलले धेरैलाई लोभ्यायो । टप भेरियन्ट नै ३५ लाखमा किन्न पाइने भएकाले धेरैले टप भेरियन्टमै चासो देखाए । बिक्री पनि त्यहि भेरियन्ट धेरै भइरहेको छ ।
नेपाली बजारको पुरानो अटोमोबाइल घराना एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको नामी ब्राण्डको पहिलो ह्याचब्याक कार युवाहरूको रोजाइमा धेरै पर्दै आएको छ । यसलाई धेरै युवाहरूले रोज्नुको मुख्य कार हामीले यहाँ प्रस्तुत गरेका छौं ।
स्टाइल र आइ क्याची लुक्स
नेपालमा धेरै उपभोक्ताको पहिलो रोजाइ गाडीको स्टाइलमा भरपर्छ । आइ क्याची लुक्स भएको गाडी बिक्री गर्न र किन्न दुबैलाई सजिलो हुन्छ । त्यो मामलामा नामी-०१ निकै भाग्यमानी देखियो ।

यसमा दिइएको क्लोज ग्रिल, फरक डिजाइनमा बनेको ट्रायङ्गुलर एलइडी हेडलाइट, कनेक्टेड एलइडी डीआरएल, सस्पेन्डेड रुफ डिजाइन, हिडन डोर ह्याण्डल, प्रिमियम कारमा पाइने युनिक फ्रेम लेस डोर, १७ इन्चको ह्वील जस्ता बलिया फिचरको कारण ग्राहक आकर्षित भए ।
हाइटेक इन्टेरियर
नामी-०१ बाहिरबाट हेर्दा जति सुन्दर लाग्छ भित्रको बनोट त्यति नै मिनिमल छ । मिनिमल डिजाइनसँगै दिइएको टेक फिचरले युवाहरुको मन लोभ्याउँछ ।

ड्यासबोर्डमा दिइएको १२.८ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल इन्फोटेन्मेन्ट स्कृन, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट प्यानल, टु स्पोक मल्टि फङ्सनल स्टेरिङ ह्वील, वायरलेस चार्जर जस्ता फिचरले यसलाई बलियो बनाएको छ ।
ड्राइभर असिस्टेन्ट सहितको एड्भान्स सेफ्टी
नामी-०१ मा लेभल २ एड्भान्स ड्राइभर असिस्ट सेफ्टी फिचर छ । ५ स्टार सेफ्टी रेटीङ पाएको ह्याचब्याक कार सेग्मेन्टमै पहिलो सेल्फ पार्किङ फिचर भएको मोडल पनि हो ।
यसका अलावा ३६० डीग्री क्यामरा, एयरव्याग, भेहिल स्टेबीलीटी असिस्ट, अटो होल्ड जस्ता फिचरले यसलाई अझ सुरक्षीत बनाएको छ ।

लग्जरी
३५ लाख रुपैयाँ हाराहारीमा कस्तो लग्जरी कार आउला ? तर, नामी-०१ चढेपछि ठ्याक्कै यस्तै खोजेको थिए भन्नेहरू भेटिन्छन् । कारमा सेग्मेन्टमै पहिलो मेमोरी फङ्सन सहितको हिटेड र भेन्टीलेटेड ड्राइभर सिट छ ।
पोलिन फिल्टर सहितको अटोमेटिक एयर कण्डिसन, मल्टी ड्राइभ मोड, ३६० डिग्री प्यानारोमिक क्यामरा, अडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचर र आरामदायी सिटले यसलाई बलियो बनाएको छ ।

कनेक्टीभीटी र कस्टुमाइजेसन
नामी ०१ मा युवा चालकले एकदमै मनपराउने कनेक्टीभीटीको राम्रो फिचर रहेको छ । यो कारलाई मोबाइलबाट रिमोट कन्ट्रोल गर्न सकिन्छ । यसका दिएको ट्राफिक जाम असिस्ट र हाइवे ड्राइभिङ असिस्ट बीचको इन्टेलिजेन्ट स्विचिङ असिस्टले हाइवे र सिटी ड्राइभमा एकदमै सहज बनाउछ ।
अन्त्यमा
नामी-०१ मा अहिले ७० र ४९.५ किलोवाटको मोटर छनौटमा पाउन सकिन्छ । मोटर साइजको आधारमा १ लाख २० हजारसम्म छुट पाउन सकिने नामी-०१ को ई२ भेरियन्टको ३२.४९ र ४९.५ किलोवाट क्षमताको मोटर भएको ई३ भेरियन्टको ३४.७९ हजार रुपैयाँ तोकिएको छ ।

