यी ५ कारण उत्कृष्ट हुनसक्छ केटीएम ड्यूक १२५, मंगलबार नेपालमा सार्वजनिक हुने

काठमाडौं । अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमको कान्छो उत्पादन ड्यूक १२५ मंगलबार नेपालमा सार्वजनिक हुने भएको छ ।

केही महिना अगाडि भारतीय बजारमा कम्पनीको इन्ट्रीलेवल मोडलको रुपमा आएको ड्यूक–१२५ विशेषतः युवापुस्ता लक्षित रहेको छ । यसलाई नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मोडलको रुपमा दिने गरिएको छ । 

पावरफूल

केटीएम ड्यूक-१२५ लाई यो सेग्मेन्टअन्तर्गत सबैभन्दा पावरफूल मोटरसाइकलको रुपमा लिइन्छ । यसमा उपलब्ध १२४.७ सीसी लिक्विड-कुल्ड सिङ्गल सिलिन्डर इन्जिनले ९२५० आरपीएममा  १४.५ एचपी पावरका साथै ८ हजार आरपीएममा १२ एनएम-टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स-स्पीड गियरबक्स लगाइएको छ । 

एबीएसको विशेषता

मोटरसाइकलमा एबीएसको विशेषता उपलब्ध रहेकाे छ । यो विशेषता सहित उपलब्ध केटीएम ड्यूक-१२५ सुरक्षीत मोटरसाइकलका रुपमा लिइन्छ । ड्यूक-१२५ यो सेग्मेन्टअन्तर्गत एबीएस विशेषता समेटिएको पहिलो मोटरसाइकल हो । 

ड्यूक-२०० को जस्तै स्टाइल

यो मोटरसाइकलमा केटीएम ड्यूक-२०० को स्टाइल दिइएको छ । यसमा उपलब्ध टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प, आकर्षक बडीले निकै अग्रेशिप-लूक दिएको छ । साथै, यस मोटरसाइकलमा टीएफटी कलर-डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टीग्रेसन, फूल-एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक-१२५ मा उपलब्ध छ । मोटरसाइकलको सिटको हाइट ८१८ मिलिमिटर रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ ।

टपस्पीड क्षमता

यो मोटरसाइकलको टपस्पीड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको छ । 

मूल्य

ड्यूक-१२५ को मूल्य ४ लाख ५० हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएकाे छ । 


Back_to_top