काठमाडौं । काठमाडौं । टीभीएसले आफ्नो पछिल्लो सफल उत्पादन एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नियुक्त गरेको छ ।
नेपालको लागि टीभीएसको अधिकृत वितरक जगदम्बा मोटर्सले यी दुई नेपाली कलाकारलाई एनटर्कको ब्राण्ड एम्बेसेडरको घोषणा गरेको हो ।
जेन जेडलाई लक्षित एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्ममा निर्माण भएको स्मार्ट कनेक्ट स्कुटर हो ।
उक्त ब्राण्ड एम्बेसेडर घोषणा कार्यक्रममा बोल्दै टीभीएस इन्डियाका एक्जुकेटीभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनल बिजनेस अफ टीभीएस मोटर, आर दिलिपले भने ‘हामीले अघिल्लो वर्ष नेपालमा पहिलो स्पोर्टी स्मार्ट स्कुटर एनटर्क १२५ सार्वजनिक गरेका थियौं । यसले आफ्नो बजार हिस्सा तिब्र गतिमा बढाएको छ । स्टार स्वस्तिमा र प्रदीप देशको युवा आकांक्षाको प्रतिक हुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बढ्नेछ ।’
त्यसैगरी कार्यक्रममा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि आफ्नो धारणा राखेका थिए ।
‘हाम्रो लोकप्रिय एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । हामीले उनीहरुसँगको यात्रा अद्भुत रहने आशा गरेका छौं ।’ अग्रवालले भने ।
दुबै कलाकारले आफुहरु टीभीएससँग जोडिएर काम गर्न पाएकोमा खुसी लागेको बताएका थिए ।

