किन विशेष छ होन्डाको नयाँ हर्नेट २.०, थाहापाउनुस् यी ५ तथ्य

काठमाडौं । चार दिनअघि होन्डाले भारतमा सार्वजनिक गरेको होन्डा हर्नेट २.० को चर्चा चुलिदै गएको छ । कम्पनीले आगामी हप्ताबाट यसको भारतमा बिक्री सुरु गर्ने जनाएको छ ।

होन्डाले भारतमा पहिलो पटक २०० सीसी सेग्मेन्टमा हर्नेट २.० लाई बजारमा उतारेको हो । यसअघि कम्पनीले भारतमा कम्यूटर सेग्मेन्टका मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको थियो भने ठूला मोटरसाइकल अन्य देशबाट ल्याएर बिक्री गर्दै आएको थियो ।

निकै एग्रेसीभ लुक्स, मस्कुलर स्पोर्टी बडी डिजाइनका कारण हर्नेट २.० अहिले चर्चामा रहेको हो । कम्पनीले यसमा धेरै फिचर सेग्मेन्ट फष्ट दिएको छ ।

नेपालमा पनि स्याकार ट्रेडिङले यो मोटरसाइकल ल्याउर बिक्री गर्ने अनुमान सहजै गर्न सकिन्छ । यस्तोमा हर्नेट २.० बारे जान्ने पर्ने ५ तथ्य हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१. नयाँ प्लेटफर्म

होन्डाले हर्नेट २.० लाई आफ्नो नयाँ प्लेटफर्ममा निर्माण गरेको हो । यसमा प्रयोग भएको कुनैपनि फ्रेम वा कम्पोनेन्टहरु अन्य मोटरसाइकलबाट दिएको छैन । यसमा प्रयोग भएको इन्जिन भने ‘सीबी १९० आर’बाट लिएको हो । यसमा १८४.४ सीसी इन्जिन रहेको छ ।

२. एग्रेसिभ डिजाइन

मेकानिकल रुपमा होन्डा सिबी हर्नेट १९० आरसँग केही मिल्दो रहेको भएपनि यसको डिजाइन भिन्न रहेको छ । झट्ट हेर्दा सीबी हर्नेट १६० आरको जस्तो डिजाइन देखिएपनि यसको डिजाइन तुलनात्मकरुपमा निकै एग्रेसिभ रहेको छ ।

यसमा सबै कम्पोनेन्ट नयाँ प्रयोग गरिएकाले होन्डाका अन्य मोडलसँग यसको तुलना गर्न सकिदैन । यसमा प्रयोग गरिएको ‘एक्स सेप टेल ल्याम्प’ तथा एग्रेसीभ हेडल्याम्पले मोटरसाइकललाई निकै स्पोर्टी देखिएको छ ।

३. इन्जिन र पर्फमेन्स

होन्डा सिबी १९० आरमा र हर्नेट २.० मा समान १८४.४ सीसी इन्जिन रहेको छ । सीबी १९० आरमा रहेको इन्जिनले १५.८ बीएच पावर तथा १५.३ एनएम टर्क जेनेरेट गर्छ । समान सीसीको हर्नेट २.०मा प्रयोग गरिएको इन्जिनले १७.२ बीएच पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा एफआई इन्जिनको प्रयोग गरिएको छ ।

४. सेग्मेन्ट फर्ष्ट फिचर

होन्डा २.० मा यूएसडी फर्क रहेको छ । यो सेग्मेन्ट फर्ष्ट फिचर हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ ।

५.मूल्य

भारतमा बजाज पल्सर एनएस, टिभीएस आरटीआर २०० फोर भीको जस्तै यसको मूल्य १ लाख २७ हजार भारतीय रुपैयाँ रहेको छ ।

भारतमा पल्सर एनएस २०० को मूल्य १ लाख २९ हजार र आरटीआर २०० फोर भीको मूल्य १ लाख २८ हजार भारतीय रुपैयाँ रहेको छ ।


Back_to_top