टिभिएस अपाची आरटिआर २०० एफआई बारे जान्नै पर्ने यी तथ्य

काठमाडौं । टीभीएसले भारतीय बजारमा केही दिन अगाडि टीभीएस अपाची आरटीआर २०० एफआईको इथाइनलबाट चल्ने नयाँ अप्सनको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यस मोटरसाइकलको मूल्य १ लाख २० हजार भारु बिक्री मुल्य राखेर बजारमा ल्याएको हो ।

यो मोटरसाइकलबारे जान्नै पर्ने केही तथ्य यसप्रकार छन ।

के हो इथानोल बायो फ्युल ?

इथानल वातापरणमैत्री  जैबिक इन्धन  हो । बोटविरुवाको अवशेषबाट तयार हुने बायोफ्युल अल्कोहल र ग्यासोलिनयुक्त अक्सीजिनेट इन्धन हो । यसले एकै समयमा नन टक्सीक र बायोग्रेडेबलको भुमिका निभाउँछ । यसले न्युनतम मुल्यमा उच्च अक्टेन नम्बर प्रदान गर्नेछ । जसको कारण कार्बनडाइअक्साइडको प्रभावलाई ३५ प्रतिशत सम्म कम गर्ने गर्छ । यसका साथै , यसले माइलेज बढाउन मद्धत पुयाउँने कम्पनीले जनाएको छ ।

इथानल र पेट्रोल दुबै प्रयोग गर्न सकिने

यो मोटरसाइकलमा पेट्रोल मात्रैले पनि चलाउन सकिन्छ । इथाइनल नभएको अवस्थामा ८० प्रतिशत इथाइनल र २० प्रतिशत पेट्रोल राखि मोटरसाइकल चलाउन सकिन्छ ।

इमिशन घटाउन सहयोग पुयाउँने

अक्सिकरणबाट उत्पादीत फ्युल भएका कारण पनि यसले ३५ प्रतिशत सम्म कार्बनडाइअक्साइडको असर कम गर्नेगर्छ । यसका साथै, यसले नाइट्रोजन अक्साइडको प्रभावलाई कम गर्ने गर्छ । यसको प्रयोगले फोसिल फ्युलको प्रयोगलाई कम गराउने अनुमान लगाइएको छ ।

एकै इन्जिन, फरक फ्युलको मिश्रण

टिभिएस अपाची आरटिआर २०० एफआइ इ १०० मा २०० सिसि सिंगल सिलिन्डर लगाइएको छ । यसले ८५०० आरपिएममा २०.७ बिएची पावरका साथै ७००० आरपिएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसको टपस्पिड क्षमता प्रतिघन्टा १२९ किलोमिटर रहेको कम्पनीले जनाएको छ । 

यस्ता परिवर्तन

टिभिएस अपाची आटिआर २०० एफआइ मा कुनै कस्मेटिक परिमार्जन गरेको छैन । यसमा ग्लोजी ह्वाइट पेन्ट सेम र ग्रिन ग्राफिक्स लगाइएको कम्पनीले जनाएको छ ।


Back_to_top