भारतीय बाइक तथा स्कुटर निर्माता कम्पनी टीभीएस मोटरले टीभीएस अपाचे आर आर ३१० को स्पेशल एडिशन कोलम्वियाली बजारमा प्रर्दशनी गरेको छ । मे २०१९ मा कोलम्विया अटो सोमा प्रदर्शनिमा राखिएको उक्त बाइक कम्पनीले भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
यो स्पेशल एडिशनको बाइक मेट ब्ल्याक कलरमा रेड कम्बीनेसन रहने छ । यसको फ्यूल ट्याङकमा आरआर पेन्ट गरिएको छ । साथै यसको फेयरीङमा अन्य कम्पनीको स्टीरसमेत लगाइएको छ । कम्पनीले केहि समय अगाडी मात्र यसमा केहि फिचर थप गरेर भारतीय बजारमा सार्वजनिक गरेको थियो ।
अपाचे आरआर ३१० मा ३१२ सीसी सिगंल सिलिन्डर लिक्विड कुल्ड, ४ भल्भ, इनक्लाइन रिभर्स एफआई इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स रहेको छ । अपग्रेटेड आरआर ३१० मा स्लिपर कल्च रहेकाे छ ।

