काठमाडौं । शुक्रबार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षा गाडीले स्कुटीलाई ठक्कर दिएको थियो । वानेश्वरमा पूर्वप्रधानमन्त्री चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको पछुवा भ्यानले स्कुटरलाई रङसाइटबाट ओभरटेक गरेको थियो ।
बा १ झ ९५२७ नम्बरको सो सवारीलाई आज न्यूनतम कारवाही गरेर छाडिएको छ । महानगरीय ट्राफिक प्रहरीले सो सवारीलाई लापरवाही पूर्वक सवारी सञ्चालन गरेको भन्दै ५ सय रुपैयाँ जरिवाना गरेको हो ।
ट्राफिकले १२, ङ. अनुसार सशस्त्रको उक्त भ्यानलाई कारबाही गरेको हो । कारबाहीको उक्त बुँदामा ५ सय देखि १५ सय रुपैयाँसम्म जरिवाना र सचेतना कक्षा अनीवार्य लिनुपर्ने महानगरपालिकाका ट्राफिक प्रवक्ता.जयराज सापकोटाले जानकारी दिए ।
बील नम्बर ३६५६८८ मा काटिएको सो चिट चालक सान्तोष घिमिरेको नाममा काटिएको हो ।


