फक्सवागेन भर्टुस र स्कोडा स्लाभियाले पायाे ग्लोबल एनक्यापको ‘फाइभ स्टार रेटिङ’

काठमाडौं । ग्लोबल न्यू कार एसिस्मेन्ट प्रोगाम (जीएनक्याप)ले गरेको क्रयास टेष्टमा फक्सवागेन भर्टुस र स्कोडा स्लाभिया सुरक्षामा निकै अब्बल सावित भएका छन् ।

यी दुई कारले एडल्ट र चाइल्ड दुवैको सुरक्षाका लागि ‘फाइभ स्टार रेटिङ’ प्राप्त गरेका हुन् । जीएनक्यापका अनुसार फक्सवागेन भर्टुस र स्कोडा स्लाभियाले एडल्ट सेफ्टीमा ३४ मा २९.७१ अंक र चाइल्ड सेफ्टीमा ४९ मा ४२ अंक प्राप्त गरेको हो ।

क्रयास टेष्टमा चालक र यात्रुको टाउको र घाँटीमा प्रदान गरिएको सुरक्षा राम्रो भएको पाइएको थियो । त्यस्तै, यी दुई गाडीमा चालक र यात्रु दुवैको छाती र घुँडाको भागमा समेत राम्रो सुरक्षा देखाएको छ।

फक्सवागेन भर्टुस र स्कोडा स्लाभियाले दुवैले एमक्यूबी एओ आइएन प्लेटफर्ममा आधारीत रहेर निर्माण गरिएका कार रहेका छन् । यी दुवै गाडी भारतमा उत्पादन भएको हो ।

यी दुवै कार जीएनक्यापको नयाँ परीक्षण प्रोटोकल अन्तर्गत फाइभ स्टार रेटिङ प्राप्त गर्ने पहिलो मिडसाइज सेडान बनेका छन् भने कुशाक, टाइगुन र महिन्द्रा स्कर्पियो एन अपडेट गरिएको प्रोटोकल अन्तर्गत ५-स्टार रेटिङ प्राप्त गर्ने पहिलो तीनवटा गाडी हुन् ।

यस राउन्डमा, जीएनक्यापले मारुती सुजुकीका दुई मोडलहरू न्यू अल्टो के १० र वागोन आरको पनि परीक्षण गरेको थियो ।


Back_to_top