बजाजले नेपालमा बेच्याे ८ लाख बढी मोटरसाइकल

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २५ वर्षमा ८ लाख बढी मोटरसाइकल बेच्न सफल भएको छ ।

कम्पनीले आफ्नो रजत जयन्ति मनाउँदै उक्त जानकारी दिएको हो । सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेको कम्पनीले हाइ–पर्फर्मेन्स मोटरसाइकलहरू सुपथ मूल्यमा उपलब्ध गराउँंदै छ ।

विगत २५ वर्षदेखि नेपाली ग्राहकहरूको मन जित्दै आएको बजाज विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले बजाजले नेपालमा लामो यात्रा पार गरेको बताए ।

‘नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुशी लागेको छ । आफ्नो स्थापनाकालदेखि आजसम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं । हामीले जे हासिल गरेका छौं त्यसमा मलाई निक्कै गर्व छ । हाम्रा कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवम् हाम्रा ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि म वँहाहरू सबैलाई लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

कम्पनीले अहिले नेपालमै एसेम्बल समेत गर्न थालेको छ । कम्पनीले नेपालकै सबैभन्दा ठूलो प्लान्ट स्थापना गरी हुलास अटो क्राफ्टमार्फ बजाज मोटरसाइकलहरू असेम्बल गर्दै आएको छ ।

बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधि र डिजाइन युक्त मोटरसाइकलहरू ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको छ । कम्पनीले मोटरसाइकल र तीन पाङ्ग्रे अटो लगायतका सवारीसाधनका विभिन्न मोडलहरू उत्पादन गर्दै आएको छ ।

यसैबीच, बजाजले नेपाली नयाँँ वर्ष २०८० को अवसरमा आकर्षक अफर समेत ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले बजाजका कुनै पनि आधिकारिक डिलरबाट २५ प्रतिशत डाउपेमेन्टमा मोटरसाइकल खरिद गर्न सक्नेछन् । त्यस्तै, मोटरसाइकल किन्दा १० हजार रुपैयाँको स्योर–शट क्यास डिस्काउन्टका साथै १ किलो चाँदी पनि जित्ने मौका पाउने छन् ।


Back_to_top