काठमाडौं । अन्य क्षेत्रमा जस्तै अटोमोबाइल क्षेत्रमा पनि कयौं रोचक तथ्य र भ्रमहरु फैलिएको पाइन्छ । दिल र दिमागमा बसेका यस्ता भ्रमप्रति विश्वास गर्ने मानिसको जमातको पनि निक्कै ठूलो रहेको हुने गर्छ । यस्तोमा संसारभर अटोक्षेत्रसँग जोडिएका केही रोचक तथ्य यस्ता रहेका छन् ।
१० लाख १५ हजार जरिवाना
स्विडेनमा कार चालकको चलान उनीहरुको आय मुताबिक निर्धारण गरिने विश्वास आममानिसमा रहेको पाइन्छ । अर्थात उनीहरु जति धेरै कमाइ गर्छन, सोही अनुपातमा चलानको व्यवस्था गरिन्छ ।
स्विडेनका एक चालकले प्रतिघन्टा १८० माइल रफ्तारमा गाडी चलाएवापत १० लाख १५ हजार डलर बराबरको जरिवाना तिरेका थिए ।
४५ सेकन्डमा बदलियो कारको इन्जिन
बेलायत स्थित रोयल मरिन्सका पाँच जना मानिसले ४५ सेकेन्डको समयमा फोर्ड एस्कोर्टको इन्जिन हटाई त्यसमा नयाँ इन्जिन राखेको थिए । उनीहरुले दुई हफ्तासम्ममा निरन्तर इन्जिन परिवर्तन गर्ने प्राक्टिश गरेर उक्त कार्यलाई अन्तिमरुप दिएका थिए ।
रोल्स रोयसको ७५ प्रतिशत कार सडकमा
रोल्स रोयसले सर्बप्रथम सन् १९०० मा आफ्नो पहिलो कारको उत्पादन गरेको थियो । रोल्स रोयस कार चढ्दै आएका मानिस भने आफ्नो कम्पनीको आयुलाई लिएर निक्कै खुसी हुने गरेका छन् । यस अवधिमा बनेको ७५ प्रतिशत रोल्स रोयसका कार हालसम्म पनि सडकमा गुड्ने गरेको बताइन्छ ।
जसले चलाए ३९ लाख किलोमिटर गाडी
इरविन गार्डनले सन् १९६६ मा भोल्वो पी १८०० खरिद गरेका थिए । जतिबेला उक्त कारको मूल्य ४ हजार डलर थियो । उनले यो कार ३९ लाख किलोमिटर चलाएका थिए । यति लामो यात्राअवधिमा उनले ८५७ पटक इन्धन बदलेको, ३० ड्राइभर परिवर्तन गरेको तथा १२० बोतल ट्रान्समिसन फियूल खरिद गरेका थिए । गार्डनको वास्तविकता अटोक्षेत्रमा एउटा अफवाहको रुपमा लिने गरिन्छ ।
ड्राइभरसँग ब्रेथलाइजर किट
फ्रान्सका अधिकंश ड्राइभर लामो यात्रामा निक्लनुपूर्व आफ्नो लिस्टमा ब्रेथलाइजर किट छ छैन चेक गर्ने गर्छन् । त्यहाँका ड्राइभरमा यात्रामा निक्लनु पूर्व ब्रेथलाइजर राख्नु पर्छ भन्ने भ्रम रहेको छ । फ्लोरोसेन्ट रिप्लेसमेन्ट हेडल्याम्प बल्ब, फस्र्टएड किट लगायतका सामानसँगै ब्रेथलाइजर किट उनीहरुले नछुटाउने वस्तु हो ।
शान्त इन्जिन युक्त कार
बिएमडब्ल्युले एम५मा लगाएको इन्जिन निक्कै शान्त रहेको छ । जसको कारण कार को इन्जिन चले नचलेको ड्राइभरले पत्तो पाउँदैनन । त्यसैले, कम्पनीले कारको स्टेयरिंगलाई डिजीटल सिग्नल प्रोसेसरलाई इन्जिन म्यानेजमेन्ट सिस्टमसँग लिंक गरेको विश्वास मानिसमा रहेको छ । ताकि, स्पिकर्सले नै इन्जिनमा आएको आवाज ड्राइभरसम्म पुर्याउन सकोस् ।


