लगातार दुई महिना एउटै नबिकेको सुजुकी इन्ट्रुडर नयाँ भर्सनमा सार्वजनिक

काठमाडौं । सुजुकी मोटरसाइकलले भारतीय बजारमा इन्स्ट्रुटरको नयाँ भर्सन सार्वजनिक गरेको छ । इन्स्ट्रुटर २०१९ बजारमा आएको हो । कम्पनीले यस मोटरसाइकलको मुल्य १ लाख १ हजार ३ सय ६२ भारु निर्धारण गरेको छ । 

यो मोटरसाइकल मेटालिक म्याट टाइटानियम सिल्भर कलर थिममा निर्माण भएको हो । यसका अलावा ग्लास स्पार्कल ब्ल्याक, मेटालिक म्याट टाइटानिय सिल्भर, मेटालिक म्याट ब्लाक, क्यान्डी सोनोमा रेड जस्ता कलर अप्शनमा मोटरसाइकल उपलब्ध हुने कम्पनीले जनाएको छ  ।  

मोरटसाइकलमा १५४.९ सीसी सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यस एयरकुल्ड इन्जिनले ८ हजार आरपीएममा १४.८ पीएस पावरका साथै ६ हजार आपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ५ स्पिड गियरबक्स लगाइएको छ ।

यसमा सिंगल च्यानल एबीएसको विशेषता प्रदान गरिएको छ भने दुबै पाँग्रामा डिस्क ब्रेक लगाइएको छ । यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र  रियरमा मनोशक सस्पेन्शन लगाइएको छ । यस अघिको इन्स्ट्रुटर भर्सन यो वर्षको जनवरी र फेब्रुअरी महिनामा भारतीय बजारमा एउटा पनि बिक्री भएको थिएन । 

यसका बावजुत कम्पनीले नयाँ मोडल सार्वजनिक गरेको छ । यसले भने बजार लिने विश्वास कम्पनीको छ । 


Back_to_top