ब्याट्रीमा ८ वर्ष र अनलिमिटेड किमी वारेन्टीसहित आयो हुन्डाई कोना

काठमाडौं । कोनामा प्रयोग गरिएको हाईभोल्टेज ब्याट्रीमा ८ वर्ष र उक्त अवधीमा असिमित किलोमिटर वारेन्टीसहित हुन्डाईले ‘रिडिफाइन ईभी’ स्लोगनमा आफ्नो पछिल्लो सवकम्प्याक एसयूभी कोना इलेक्ट्रीकलाई नेपाली बजारमा उतारेको छ । 

यसले नेपाली बजारमा किया शोल ईभीसँग सिधा प्रतिस्पर्धा गर्नेछ । हुन्डाई मोटरको लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले कोनाको मूल्यसमेत निकै आक्रमक राखेको छ । फुल्ली इलेक्ट्रीक सबकम्प्याक एसयुभी कोना नेपाली बजारमा ५१ लाख ९६ हजारमा नै किन्न सकिने छ । किया शोलको मूल्य ५६ लाख र सनरुफसहितको भेरियन्टको मूल्य ५८ लाख रुपैयाँ रहेको छ ।

विश्व बजारमा निकै चर्चामा रहेको कोना इलेक्ट्रीकले २०१९ डिट्रोइट अटो शोमा कन्जुमर च्वईस अवार्डसमेत जित्न सफल भएको थियो । 

३९.२ किलोवाटको लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको यस गाडीको व्याट्रीलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । सिंगल चार्जमा ३०० किलोमिटर भन्दा बढी चलाउन सकिने यो कारको व्याट्री चार्जमा बिभिन्न सुविधा र अप्सनहरु उपलब्ध रहेको छ । 

सुरक्षाको हिसावले अत्यन्त सुरक्षीत रहेको यस गाडीमा ६ वटा एयरब्याग, अटो होल्ड, प्याडल सिफ्टर, क्रुज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट, हिल असिस्ट कन्ट्रोल तथा  अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमजस्ता अत्याधुनिक फिचरहरु रहेका छन् । 


Back_to_top