नाइमा मोबिलिटी एक्स्पोकाे ९० प्रतिशत स्टल बिक्यो, बुकिङ गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी साउन २१ देखि २५ गतेसम्म आयोजना गर्ने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को ९० प्रतिशत स्टल बिक्री भएको छ ।

नाइमाले गत वैशाख २२ देखि मोबिलिटी एक्स्पोका लागि स्टल बुकिङ खुलाएको थियो । जसमा हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको नाइमाले जानकारी दिएको हो ।

इच्छुक व्यक्ति/कम्पनीहरूले भोलि (वैशाख २९ गते) सम्म स्टल बुकिङ गर्न सक्ने छन् । भोलिसम्म सबै स्टल बुकिङ हुने नाइमाको भनाइ छ ।

नाइमाका अनुसार काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोका लागि स्टलको बाँडफाँट गोलप्रथाबाट गरिने छ । मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे तथा हलुका व्यावसायिक सवारी साधनहरु एउटै हलमा प्रदर्शन गरिने छ । एक्स्पोमा ४० बढी स्टल रहने छन् ।

उक्त प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।

मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका दुईपाँग्रे, चारपाँग्रे, कमशिर्यल सवारीसाधन, अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने छ ।


Back_to_top