नेपालमा आगामी साता बिक्री सुरू हुँदै दुई नयाँ मोटरसाइकल

काठमाडौं । आगामी साता नेपाली बजारमा दुई नयाँ मोटरसाइकल सार्वजनिक हुने भएको छ । यामाहा र रोयल इनफिल्डले एक/एक मोडलका नयाँ मोटरसाइकल बिक्री सुरू गर्ने भएका हुन् ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले एफजेडएसको नयाँ जेनेरेशन सार्वजनिक गर्ने भएको हो । कम्पनीले आइतबारदेखि सुरू हुने यामाहा ब्लू फेस्ट एक्सचेन्ज क्याम्पमा न्यू जेन एफजेडएस बिक्री सुरू गर्ने भएको हो ।

त्यस्तै, रोयल इनफिल्ड मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले बुधबार गोअन क्लासिक ३५० सार्वजनिक गर्ने भएको हो ।

रोयल इनफिल्ड गोअन ३५०

गोअन ३५० मा सिंगल स्प्लीट सिट, यू आकारको अपराइट ह्यान्डलबार, राउण्ड हेडलाइट, एलईडी लाइट, एलईडी इण्डिकेटर दिइएको छ ।

साथै, यो मोटरसाइकलमा एबीएस, दुवै पाँग्रामा डिस्क ब्रेक, एनालग स्पीडोमिटर र सेमी डिजिटल कन्सोल, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचरहरू छन् । यसमा एडजष्टेबल गियर/ब्रेक लिभर, स्पोक ह्वील ट्युबलेस टायर, कनेक्ट फिचर तथा नयाँ कलर अप्सन दिएको छ ।

रेट्रो बबर डिजाइनमा रहेको गोअन मोटरसाइकलमा क्लासिक ३५० मा प्रयोग गरेको ३४९ सीसीको सिंगल सिलिण्डर इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा एड्जस्टेबल क्लच र ब्रेक दिइएको छ ।

यामाहा एफजेडएस न्यू जेन

यामाहा एफजेडएस न्यू जेन मोटरसाइकल एफजेडएस हाइब्रिड मोटरसाइकल र एफजेडएस भी ३ को बीचको रेन्जमा आउने छ । एफजेडएस न्यू जेनमा स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल लगायतका फिचरहरू समावेश गरिएको छ ।

एफजेडएसमा १४९ सीसीको सिंगल सिलिण्डर, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम १२.४ पीएस पावर तथा १३.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाइन्छ ।


Back_to_top