काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि कैलालीको चिसापानीतर्फ जाँदै गरेका दुई मन्त्रीको गाडी एक-आपसमा ठोक्किएका छन् ।
मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशका भौतिकमन्त्री सुरेन्द्रबहादुर पाल चढेको गाडी र कानुनमन्त्री हीरा सार्की चढेको गाडी लम्कीबजार नजिकै ठोक्किएका हुन् ।
से. १ झ ३३० नम्बरको गाडीमा मन्त्री सार्की र पाल बा. २ झ १४१९ नम्बरको गाडीमा मन्त्री पाल सवार थिए ।
दुवै मन्त्रीका गाडी क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति नभएको कैलाली प्रहरीले जनाएको छ । गाडीमा सवार सबैको अवस्था सामान्य रहेको छ ।
प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका-कटासेमा निर्माण सम्पन्न जलविद्युत् आयोजनाको उदटनका लागि पुगेका हुन् ।


