यस्तो छ, होन्डाको मस्कुलर बाइक अफ्रिकन ट्वीन

होन्डा कम्पनीले पछिल्लो पटक विश्व बजारमा बिक्री वितरण गर्दै आएको आफ्नो दमदार मोडल अफ्रिका ‘ट्वीन’ निकै सफलरुपमा बिक्री भइरहेको छ । यसलाई कम्पनीले गत जुलाईमा सार्वजनिक गरेको थियो । 

होण्डाले सार्वजनिक गरेको अन्य बाइकको तुलनामा ‘अफ्रिका ट्वीन’मा उत्कृष्ट विशेषता दिइएको जनाइएको छ । अफ्रिका ट्वीनमा ९९८ सीसी क्षमताको इन्जिन दिइएको छ । यसले ९४ एचपी पावरमा ९८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसको साथै यसमा ६ स्पीड गियर बक्स दिइएको छ भने, एन्टीलक ब्रेकिङ सिस्टम यो बाइकको अर्को विशेषता हो । यसमा ट्याक्सन कन्ट्रोल सिस्टम दिइएको छ ।

‘गतवर्ष नेपाली बजारमा ५ यूनिट बाइक ल्याएका थियौं, सबै बिक्यो । अहिले हामीसँग यो बाइक छैन ।’ स्याकार कम्पनीका चेयरम्यान सौरभ ज्योतिले भने । 

फोटोः सौरभ ज्योतिको फेसवुकबाट (ज्योति होन्डाको नेपालको लागि आधिकारीक वितरक स्याकार कम्पनीका चेयरम्यान हुन्)


Back_to_top