तीन वर्ष भित्र यस्तो बन्ने छ नारायणगढ–बुटवल सडकखन्ड

काठमाडाैं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ-बुटवल सडकखन्ड चार लेनमा विस्तार हुने भएको छ । हाल दुई लेनमा रहेको यो सडकखन्ड स्तरोन्नति सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक (एडीबी) निर्देशनालयले गर्न लागेको हो । 

निर्देशनालयका उपआयोजना निर्देशक सुरेस पौडेलका अनुसार, सडक विस्तारका लागि एडीबीले ऋण सहयोग गर्नेछ । एडीबीले कुल लागतको ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ भने, बाँकी अपुग रकम नेपाल सरकारले व्यहोर्ने छ । एडीबीले ३२ वर्षका लागि १.५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउन लागेको हो । 

सडकको दायाँ र बायाँ साढे ६/६ मिटरको सर्भिस लेन हुनेछ । साथै सडकको दायाँ र बायाँ दुई/दुई मिटरको फुटपाथ निर्माण गरिनेछ ।  

नारायणगढ–बुटवल सडक खण्डलाई तीन भागमा विभाजन गरि स्तरोउन्नती गरिने निर्देशक पौडेलले मेरोअटोलाई बताए । जसमा सहर, जंगल तथा ग्रामीण र पहाड तीन खन्डमा विभाजन गरिएको छ ।  

सहरी क्षेत्रमा कत्रो सडक ?

उक्त सडक खण्डमा सहरको हिस्सा २८.७ किलोमिटर छ । सहरी क्षेत्रमा सडक ४३ मिटरसम्म फराकिलो हुनेछ । विस्तारित सडक दुईतर्फ सात/सात मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुन्छ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइने छ । 

सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन बनाइने छ । सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ समेत निर्माण हुनेछ । सडकको दायाँ र बायाँ साढे ६/६ मिटरको सर्भिस लेन हुनेछ । साथै सडकको दायाँ र बायाँ दुई/दुई मिटरको फुटपाथ निर्माण गरिनेछ । 

जंगल तथा ग्रमिण क्षेत्रमा

जंगल तथा ग्रामीण क्षेत्रमा सडकको चौडाइ २७ मिटरको हुनेछ । विस्तारित सडक दुईतर्फ सात/सात मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुन्छ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइने छ । सडकलाई एक अर्काबाट छुट्याउनका लागि तीन मिटरको मेडियनसमेत बनाइने छ ।

पहाडी क्षेत्र 

पहाडी क्षेत्रमा भने तीन लेनको मात्र सडक निर्माण गरिनेछ । लेन साढे तीन मिटरकै हुनेछ । उकालो चढ्ने सवारीका लागि दुई लेन र ओरालो झर्ने सवारीका लागि एक लेन मात्र निर्माण गरिनेछ । 

कर्पोरेसनले नारायणगढ–दाउन्ने सडकखन्ड स्तरोउन्नती गर्न व्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडक खण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो । 

सडकको भौगलिक जटिलताका कारण पहाडी क्षेत्रमा तीन लेन मात्र बनाउन लागिएको निर्देशनालयले जनाएको छ । यस भागमा सोल्डरको चौडाइ ०.७५ मिटर मात्र हुनेछ । 

चाइना स्टेटले निर्माण गर्ने 

नारायणगढ–बुटबल सडक खण्ड विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ । सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक (एडीबी) निर्देशनालयले उक्त सडकखण्ड विस्तारका लागि आव्हान गरेको बोलपत्रमा चीनको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले न्युन अंक कबुल गरेर ठेक्का प्राप्त गर्ने पक्का भएको छ । 

कर्पोरेसनले नारायणगढ–दाउन्ने सडकखन्ड स्तरोउन्नती गर्न व्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडक खण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो । 

निर्देशक पौडेलका अनुसार,  निर्देशनालयले कर्पोरेसनसँग ठेक्का प्रक्रिया अघि बढाएको छ र  यही डिसेम्बर भित्रमा ठेक्का सम्झौंतगरी निर्माण कार्य अघि बढाउनेसमेत तयारी भइरहेको छ । निर्माण प्रक्रिया अघि बढेको साढे तीन वर्षमा सडक विस्तार पुरा गर्ने लक्ष्य राखिएको छ ।

निर्देशनालयले उक्त सडक खण्ड स्तरोउन्नती गर्नका लागि २०७५ बैशाख ७ गते बोलपत्र आव्हान गरेको थियो । दुवै पकेटमा नौ/नौ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।


Back_to_top