काठमाडौं । एवोनको प्रिमियम इलेक्ट्रीक कार किन्दा ८ लाख रुपैयाँसम्म छुट पाइने भएको छ ।
नेपालका लागि एवोनको आधिकारिक बिक्रेता सीजी मोटर्सले ल्याएको ‘दी एक्स्ट्राअर्डनरी अफर’ मा यस्तो विशेष छुट पाइने भएको हो ।
यस अफर अन्तर्गत ग्राहकले एवोन वाइ र एवोन भी खरिद गर्दा ८ लाख रुपैयाँसम्म छुट पाउने छन् ।
कम्पनीले यसका अलावा ग्राहकलाई थप आधादर्जन सुविधा दिएको छ । यस अफर अन्तर्गत ग्राहकले ६.६४ प्रतिशत ब्याजदरमै ७ वर्षका लागि ऋण, कार्य घण्टाभित्र कर्जा स्वीकृति, ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, १ वर्षको सवारी कर र बीमा निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
साथै, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेक्केर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप पाउने छन् ।

