एवोन भीले पायो फाइभ स्टार यूरो एनक्याप रेटिङ

काठमडाौं । चिनियाँ न्यू इनर्जी भेहिकल एवोन भीले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । एवोन भीले हालै यूरो एनक्याप टेस्ट २०२५ मा फाइभ स्टार सेफ्टी रेटिङ पाएको हो ।

फ्युचरिस्टिक डिजाइन, फराकिलो इन्टेरियर, उन्नत सुविधाहरू रहेको एवोन भी सुरक्षामा पनि उत्कृष्ट छ । जुन यूरो एनक्यापमा पाएको रेटिङले पुष्टि गरेको कम्पनीको भनाइ छ ।

एवोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन र एआई संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन् । जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ ।

एवोन विश्व ईभी बजारमा उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि परिचित ईभी ब्राण्ड हो । यसले ईभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ । एवोनले एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

नेपालमा एवोनको आधिकारिक बिक्रेता सीजी मोटर्स रहेको छ । सीजीले नेपालमा एवोन भी र एवोन वाइ जस्ता प्रिमियम इलेक्ट्रीक एसयूभीहरू बिक्री गर्दै आएको छ ।


Back_to_top