फोटोहरूमा यस्तो देखियो कोरोला ईभी

काठमाडौं । जापानी ब्राण्ड टोयोटाले आफ्नो सर्वाधिक सफल कार कोरोलाको इलेक्ट्रीक भर्सन टोकियो मोविलिटी शोमा सार्वजनिक गरेको छ । कम्पनीले फ्यूचरस्टिक डिजाइनमा कोरोला ईभी तयार पारेको हो ।

निकै आकर्षक डिजाइनमा तयार भएको टोयोटा कोरोला ईभीसँगै प्लगइन हाइब्रिड, हाइब्रिड र इन्टरनल कम्बस्चनमा आउने भएको छ । धेरै मानिसले यसको डिजाइनलाई ‘स्ट्राइकिंग’ भनेका छन् । कन्सेप्ट कारको रुपमा देखिएको कोरोला ईभीको ओआरभीएम र ढोकाको ह्याण्डलहरु पृथक देखिन्छन् ।

अटोमोबाइल क्षेत्रमै सर्वाधिक बिक्री भएको टोयोटा कोरोला ईभीमा आउँदा पुरानै नामबाट आउने मोर्डन इलेक्ट्रीक सेडान बन्ने भएको छ । अहिले देखाएको कोरोला ईभीको कन्सेप्टमा पिक्सेल डिजाइन एलइडी डे टाइम रनिङ लाइटको प्रयोग गरिएको छ । बुमेराङ आकारको डिआरएल, ठाडो आकारमा दिइएको एलइडी हेडल्याम्प, बीचमा टोयोटाको लोगो र तल्लो भागमा निकै आक्रमक डिजाइनमा सजिएको एक्टीभ एयर फ्ल्याप देखिएको छ ।

पछाडि दिइएको हन्चहरु, डकटेल स्पोइलर, ए पिलरमा दिइएको बेल्टलाइन र छोटो बोनेटले डिजाइनमा आक्रमकता झल्काएको छ । कारमा दिइएको टेक फिचर, ब्याट्री र मोटरको विषयमा भने कुनै जानकारी दिएको छैन । तस्बिरहरु इनसाइड ईभीबाट ।


Back_to_top