होण्डाको सानो इलेक्ट्रीक ह्याचव्याक ‘सुपर वान’ सार्वजनिक

काठमाडौं । होण्डाले जापान मोविलिटी शोमा नयाँ इलेक्ट्रीक ह्याचव्याक कार ‘सुपर वान’ सार्वजनिक गरेको छ । कम्पनीले देखाएको सुपर वानको लगभग उत्पादन मोडल नै देखाएको हो ।

होण्डाले कम्प्याक डिजाइनमा तयार पारेको ह्याचव्याक इलेक्ट्रीक कार जापान, एशिया र आसियान क्षेत्रमा बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।

जापानी उत्पादकले गत वर्ष ‘गुडउड फेस्टीबल अफ स्पीड’मा देखाएको सुपर ईभी कन्सेप्टमा आधारित रहेर सुपर वान ह्याचव्याक तयार पारेको हो ।

यो ह्याचव्याक कार ‘लो एण्ड वाइड’ डिजाइनमा आधारित छ । यसमा आकर्षक डिजाइनको ८ स्पोक व्ल्याक अलोय ह्वील दिएको छ । यसको फ्रन्टमा स्ट्याण्डर्ड होण्डाको लोगो, सर्कूलर हेडलाइट र चार्जिङ फ्ल्याप देख्न सकिन्छ । यसको फ्रन्ट बम्परमा भर्टिकल एयर डक छ, जुन डिजाइन रियरमा समेत निरन्तर दिइएको छ ।

होण्डा सुपर वानको इन्टेरियरमा एसी र अन्य फङ्सनका लागि फिजीकल बटन र नवहरु दिएको छ । फ्लोटिङ इन्फोटेनमेन्ट टचस्कृन, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, टु स्पोक स्टेरिङ ह्वील पाउन सकिन्छ ।

सुपर वान ह्याचव्याक कारको लम्बाइ केबल ३.४ मिटर छ । यसमा रहेको मोटर र ब्याट्रीप्याकका बारेमा कम्पनीले कुनैपनि आधिकारीक जानकारी दिएको छैन ।


Back_to_top